२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

लमजुङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १२ जना घाइते

Nada
२०८२ चैत २१ गते १९:१९
Shares
लमजुङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १२ जना घाइते

पोखरा : लमजुङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

ncell

मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ७ मा बेँसीसहरबाट उस्ताका लागि छुटेको ग १ ख ६४७० नम्बरको जिप दुर्घटनामा परेको हो । 

गाडी सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको लमजुङ प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेका १४ जनालाई उद्धार गरी अस्पताल पुर्‍याइएको थियो, तीमध्ये २ जनाको मृत्यु भएको हो । 

बाँकी १२ जना घाइतेहरूको हाल अस्पतालमा उपचार भइरहेको छ । 

uae

सम्बन्धित खबर