२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

सदनको मर्यादा कायम हुनेगरी काम हुन्छ : नवनिर्वाचित सभामुख अर्याल

Nada
२०८२ चैत २२ गते १२:५७
Shares
सदनको मर्यादा कायम हुनेगरी काम हुन्छ : नवनिर्वाचित सभामुख अर्याल

काठमाडौं : नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सदनको मर्यादा कायम हुनेगरी आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

ncell

सभामुख निर्वाचित भएलगत्तै संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको संक्षिप्त जवाफ दिँदै उनले संविधान र कानुनको पालना गर्दै सबै सांसदहरुको सम्मान हुनेगरी आफू अघि बढ्ने समेत बताए । नवनिर्वाचित सभामुख अर्यालले आफूले निष्पक्ष भूमिका निर्वाह गर्ने बताए । 

उनले भने, ‘संविधान, कानून राम्रोसँग हेरेको छु मैले । त्यसलाई पालना गरेर सबै माननीय ज्यूहरुलाई सम्मान हुने किसिमबाट सदनको मर्यादा कायम हुने किसिमबाट काम हुन्छ । निष्पक्ष भूमिका निर्वाह हुनुपर्छ, हुन्छ ।’

नवनिर्वाचित सभामुख अर्यालले संविधान र कानुनको ज्ञान आफूलाई राम्रोसँग भएकाले संसद्लाई सोहीअनुसार अघि बढाउने बताए ।

uae

सम्बन्धित खबर