२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझै स्मार्ट बन्दै

Nada
२०८२ चैत २२ गते १३:२१
Shares
सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझै स्मार्ट बन्दै

काठमाडौं : एमजीले अत्याधुनिक प्रविधिसहित नयाँ पुस्ताका हाइब्रिड तथा विद्युतीय सवारी विकासमा तीव्रता दिएको जनाएको छ । कम्पनीले विकास गरिरहेको ‘हाइब्रिड प्लस’ प्रणालीमा इलेक्ट्रिक टर्बो र विशेष मोटर प्रयोग गरिनेछ, जसले गाडीको आवाज घटाउँदै कार्यक्षमता बढाउने दाबी गरिएको छ ।

ncell

जर्मनीको फ्रान्कफर्टस्थित एमजीको इन्जिनियरिङ केन्द्रमा तयार पारिँदै गरेको उक्त प्रणाली आगामी ‘एमजी एस ९’ प्लग–इन हाइब्रिड मोडेलमा पहिलोपटक प्रयोग हुन सक्ने अनुमान गरिएको छ । साथै, कम्पनीले आफ्ना विद्युतीय गाडीहरूमा पनि नयाँ प्रविधि समावेश गर्दै सुधार गर्ने योजना अघि बढाएको छ ।

एमजीका अनुसार ‘हाइब्रिड प्लस’ प्रणालीमा प्रयोग गरिएको इलेक्ट्रिक टर्बो प्रति मिनेट ७० हजारसम्म घुम्न सक्षम हुनेछ, जसले इन्जिनको क्षमता र दक्षता दुबैमा सुधार ल्याउँछ । यसले पेट्रोल इन्जिन र इलेक्ट्रिक मोटरबीच शक्ति सन्तुलनलाई सहज बनाउने बताइएको छ । साथै, गाडीभित्रको कम्पन घटाउन डिजिटल ड्याम्पिङ प्रविधि जडान गरिएको छ, जसले सेन्सरमार्फत कम्पन पत्ता लगाएर मोटरमार्फत त्यसलाई न्यून गर्ने काम गर्छ ।

कम्पनीले नयाँ प्रणालीलाई सहयोग गर्न १.८३ किलोवाट–घण्टा क्षमताको ब्याट्री पनि प्रयोग गर्ने जनाएको छ । यसबाट गाडी अझ स्मूथ, शान्त र तीव्र हुने अपेक्षा गरिएको छ ।

त्यसैगरी, एमजीले ‘सोलिडकोर’ नामको नयाँ सेमी–सोलिड–स्टेट ब्याट्री पनि विकास गरिरहेको छ, जसलाई यसै वर्ष युरोपमा ‘एमजी ४’ विद्युतीय ह्याचब्याकको उच्च संस्करणमा प्रयोग गर्ने योजना छ । करिब ९५ प्रतिशत ठोस र ५ प्रतिशत तरल तत्व रहेको उक्त ब्याट्री उच्च ऊर्जा सञ्चय क्षमता, छिटो चार्ज र विभिन्न तापक्रममा राम्रो प्रदर्शन गर्ने विशेषतासहित आउने बताइएको छ ।

सुरक्षाका दृष्टिले पनि नयाँ ब्याट्रीलाई प्रभावकारी मानिएको छ । कम्पनीका अनुसार परीक्षणका क्रममा दबाब वा क्षति हुँदा पनि यसमा आगलागी वा स्पार्क हुने जोखिम न्यून देखिएको छ । लिथियम र म्याङ्गनीजको मिश्रणसहितको संरचनाले यसको स्थिरता र सुरक्षा बढाएको बताइएको छ ।

एमजीले यी सबै प्रविधिमार्फत भविष्यका सवारी साधनलाई अझ शक्तिशाली, शान्त, सुरक्षित र ऊर्जा दक्ष बनाउने लक्ष्य राखेको जनाएको छ ।

uae

सम्बन्धित खबर