
काठमाडौं : व्यवसायी सुलभ अग्रवाललाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौंले शंकर ग्रुपका सञ्चालक अग्रवाललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले उनलाई आज अदालतमा पेस गरेको थियो ।
अग्रवाल २०७६ सालमा पनि ज्वरो नाप्ने थर्मल गन महँगो मूल्यमा बेच्न खोजेको आरोपमा पक्राउ परेका थिए । उनलाई पछि विभागले तारेखमा छाडेको थियो ।
व्यापारी दीपक भट्ट पक्राउ परेसँगै सम्पत्ति शुद्धीकरण विभागले उनीसँग जोडिएका अन्य व्यक्तिमाथि पनि अनुसन्धान अघि बढाएको हो ।