२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

प्रधानमन्त्री बालेनलाई कतारका समकक्षीको बधाई

Nada
तिलु शर्मा पौडेल
२०८२ चैत २३ गते १२:४५
Shares
प्रधानमन्त्री बालेनलाई कतारका समकक्षीको बधाई

दोहा, कतार : कतारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई पदभार ग्रहण गरेको अवसरमा बधाई सन्देश पठाएका छन् । कतारस्थित सरकारी स्रोतका अनुसार प्रधानमन्त्री अल–थानीले पठाएको सन्देशमा शाहलाई नयाँ जिम्मेवारी सफलतापूर्वक वहन गर्न शुभकामना व्यक्त गरिएको छ । सन्देशमा थानीले नेपाल र कतारबीच विद्यमान मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ र थप विस्तार हुने विश्वास व्यक्त गरेका छन् ।

ncell

सन्देशमा द्विपक्षीय सम्बन्धलाई आपसी हित, सम्मान र सहकार्यका आधारमा अगाडि बढाउँदै लैजानुपर्नेमा जोड दिइएको छ । विशेषगरी श्रम, व्यापार, लगानी, पूर्वाधार विकास तथा प्राविधिक सहकार्यका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने सम्भावना बारेमा उल्लेख गरिएको छ ।

कतारमा ठुलो संख्यामा नेपाली श्रमिकहरू कार्यरत रहेको सन्दर्भ उल्लेख गर्दै दुवै देशबीचको सम्बन्ध जनस्तरमा समेत बलियो रहेको बताइएको छ । यसले दुई देशबिचको आर्थिक तथा सामाजिक सम्बन्धलाई थप प्रगाढ बनाएको सन्देशमा उल्लेख गरिएको छ । 

नेपाल–कतार सम्बन्ध विगत केही वर्षयता निरन्तर सुदृढ हुँदै आएको छ । विशेषगरी वैदेशिक रोजगारी, आर्थिक सहकार्य तथा कूटनीतिक सम्बन्धका क्षेत्रमा उल्लेखनीय प्रगति भएको विश्लेषण गरिन्छ ।

नेपालमा नयाँ सरकार गठनसँगै अन्तर्राष्ट्रिय समुदायबाट बधाई सन्देश आउने क्रम जारी रहेको छ । विभिन्न मुलुकका उच्चस्तरीय नेताहरूले नयाँ नेतृत्वसँग सहकार्य र साझेदारीलाई अझ सुदृढ बनाउने अपेक्षा व्यक्त गरिरहेका छन् ।

uae

सम्बन्धित खबर