२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

गार्डियान माइक्रोको साधारण शेयरको खरिद प्रत्याभूति सेवा नेपाल एसबिआई मर्चेण्टले प्रदान गर्ने

Nada
२०८१ साउन २१ गते ११:४६
Shares
गार्डियान माइक्रोको साधारण शेयरको खरिद प्रत्याभूति सेवा नेपाल एसबिआई मर्चेण्टले प्रदान गर्ने

काठमाडौं : गार्डियान माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणलाई जारी गर्न लागेको २२ लाख ५० हजार कित्ता साधारण शेयरको प्रति शेयर अंकित मूल्य एक सय रुपैयाँका दरले कूल २२ करोड ५० लाख रुपैयाँको खरिद प्रत्याभूति सेवाका लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।  

ncell

आज एक कार्यक्रमका बीच नेपाल एसबिआई मर्चेण्टका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र गार्डियान माइक्रोका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे । 

नेपाल एसबिआई मर्चेण्ट बैकिङलिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानी व्यवस्थापन सेवा, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभूति सेवा, हितग्राही खाता सञ्चालनसम्बन्धी सेवा, संस्थागत परामर्शसम्बन्धी सेवा तथा शेयर रजिष्ट्रारसम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ । 

सम्बन्धित खबर