२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

फेरि क्यालेन्डरविहीन संसद

ADV
मध्यान्ह
२०८१ साउन २५ गते ०६:३५
फेरि क्यालेन्डरविहीन संसद

काठमाडौं : प्रतिनिधि सभा फेरि क्यालेन्डरविहीन भएको छ । २०८० साल माघ तेस्रो साताबाट पाक्षिक क्यालेन्डर बनेर चल्दै आएको प्रतिनिधि सभासँग साउन दोस्रो साता यता क्यालेन्डर छैन ।

साउन १ गतेदेखि साउन १५ गतेसम्मका लागि क्यालेन्डर बनेको थियो । तर त्यसयता क्यालेन्डरबिनै प्रतिनिधि सभाका बैठक चलेका छन् । साउन १८ गते र २१ गते प्रतिनिधि सभाको बैठक चलेको छ । अर्को बैठक साउन २९ गतेका लागि बोलाइएको छ । यी तीन वटै बैठक सभामुख देवराज घिमिरेको तजविजमा राखिएको हो ।

संसदको क्यालेन्डरको विषय प्रतिनिधि सभाकै बैठकमा उठेको छ । यही साउन २१ गते बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदलाई क्यालेन्डर बनाएर चलाउन सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गरेका थिए । 

‘संसदको कामलाई व्यवस्थित गर्न हामीले शुरु गरेको पाक्षिक कार्यतालिका निर्माण र त्यसलाई दृढताका साथ जान म सम्माननीय सभामुखज्यु र सम्मानित सदनको ध्यानाकर्षण गराउँदछु’ सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक पाण्डेले भनेका थिए । 

पहिलो संविधान सभाको समयमा संसदको क्यालेन्डर अभ्यासमा आएको थियो । तर, राजनीतिक रूपमा प्रभावित भएर अभ्यास नै अन्त्य हुन पुगेको थियो । 

संसद सचिवालयका पूर्वसचिव सोमबहादुर थापाका अनुसार त्यसबेला एक दर्जनभन्दा बढी पटक संशोधन गरे पनि संविधान सभा क्यालेन्डरमा हिँड्न सकेको थिएन । 

संसद सचिवालयका अधिकारीहरुका अनुसार संविधान सभामा पहिलो पटक अभ्यासमा आएको क्यालेन्डरमा संसद चलाउने प्रयास एक महिनामै बिथोलिएको थियो । 

यसपटक पाँच महिना संसद क्यालेन्डरमा चलिसकेको छ । यसबीचमा संसदको क्यालेन्डर राजनीतिक सत्ता समीकरण हुँदा प्रभावित भएका थिए । तर क्यालेन्डर नै नबन्ने अवस्था भने यसपटक मात्रै आएको हो । 

सभामुख देवराज घिमिरे राजनीतिक परिवर्तनका कारण विगतमा क्यालेन्डर धेरै प्रभावित भएको स्वीकार गर्छन । तर क्यालेन्डर नै नबन्ने अवस्थामा सुधार ल्याउन आफू प्रयासरत रहेको उनले बताए । 

संसदमा कतिपय अवस्थामा निर्णय गर्न आवश्यक सांसदको कोरम नपुग्दा बैठक सर्ने र त्यसले अर्को दिनको कार्य बोझ बढ्ने जस्ता गतिविधि हुने गरेका छन् । यसलाई रोक्ने उदेश्यले पहिलो संविधान सभाले संविधान निर्माणको कार्यतालिका निर्माण गरेको भए पनि कार्यान्वयन हुन सकेको थिएन । 

फेरि पनि दलहरूले विषयगत रूपमा हुनुपर्ने छलफल र सहमति जुटाउन लामो समय लगाउने गरेका कारण सहजीकरणका लागि संसदको क्यालेन्डरका लागि लविइङ गरेका थिए। 

४ मंसिर २०७९ मा निर्वाचित भएर आएक सांसदहरुको संसदको क्यालेन्डरका लागि दह्रिलो लविइङ गरेका थिए । सांसदहरुको दह्रिलो लविइङकै आधारमा संसदीय क्यालेन्डरको विषयलाई प्रतिनिधिसभा नियमावली २०७९ मा समावेश गरिएको थियो । 

तर, बाध्यकारी गरिएको छैन । संसदको कामकारबाहीको सम्बन्धमा कार्यतालिका बनाई लागू गर्ने प्रयास पहिलो संविधान सभामा असफल भएको अनुभवका आधारमा यसपटक कार्य व्यवस्था परामर्श समितिले क्यालेन्डर बनाएर लागू गर्ने गरी व्यवस्थित गरिएको छ । यसअनुसार पाँच महिना अभ्यास भएको छ । तर, पछिल्लो समय कार्यतालिका नै नबन्ने अवस्थामा पुगेको हो । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise