२०८२ भदौ २९ गते आइतवार / Sep 14 , 2025 , Sunday
२०८२ भदौ २९ गते आइतवार
Ads

जिप्रका काठमाडौंद्वारा वैकल्पिक व्यवस्थासहित सेवा प्रवाह

shivam cement
मध्यान्ह
२०८२ भदौ २९ गते १५:४६
जिप्रका काठमाडौंद्वारा वैकल्पिक व्यवस्थासहित सेवा प्रवाह

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले कार्यालयबाट प्रवाह हुने सेवालाई पूर्ववत् सञ्चालनका लागि अधिकतम प्रयास भइरहेको र केही सेवाका लागि वैकल्पिक व्यवस्था गरिएको जनाएको छ । 

कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता मुक्तिराम रिजालका अनुसार यही भदौ ६ गते अगाडि राहदानीका लागि फोटो खिचिसकेका सेवाग्राहीले राहदानी लिनका लागि भदौ ३१ गतेदेखि सम्पर्क गर्न सक्नेछन् । 

यसैगरी, राष्ट्रिय परिचयपत्रसम्बन्धी अत्यावश्यक सेवाका लागि नारायणहिटी दरबरमा रहेको सेवा इकाइबाट सेवा लिन सकिनेछ । राहदानीसम्बन्धी अत्यावश्यक सेवाका लागि राहदानी विभागबाटै सेवा लिन सकिने सहायक प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए । 

यसबाहेक अन्य सेवाका लागि भने भौतिक संरचना, आवश्यक प्रणाली तथा यन्त्र, उपकरणको व्यवस्था गरी शीघ्र व्यवस्थापन गरिनेछ । सेवा प्रवाहसम्बन्धी थप जानकारीका लागि कार्यालयले नियमित रूपमा सूचनामार्फत जानकारी गराउने समेत उनले उल्लेख गरे । 

ADV

सम्बन्धित खबर

Advertise