२०८२ भदौ ३० गते सोमवार / Sep 15 , 2025 , Monday
२०८२ भदौ ३० गते सोमवार
Ads

सरकारमा समानुपातिक सहभागिता सुनिश्चित गर्न आयोगको अपिल

shivam cement
मध्यान्ह
२०८२ भदौ २९ गते २२:१६
सरकारमा समानुपातिक सहभागिता सुनिश्चित गर्न आयोगको अपिल

काठमाडौं : आदिवासी जनजाति आयोगले नयाँ बनेको अन्तरिम सरकारमा आदिवासी जनजाति समुदायको समानुपातिक सहभागिता सुनिश्चित गर्न राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीसमक्ष अपिल गरेको छ ।

आयोगका अध्यक्ष रामबहादुर थापामगरले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘आदिवासी जनजाति समुदायले राज्य व्यवस्थामा आफ्नो पहुँच र प्रतिनिधित्व सुनिश्चित गर्न विगतदेखि संघर्ष र बलिदान गर्दै आएको छ । यसैले संक्रमणकालीन परिस्थितिमा नयाँ मन्त्रिपरिषद् गठन हुँदा समुदायको समानुपातिक सहभागिता सुनिश्चित हुनु आवश्यक रहेको छ ।’

आयोगले स्वदेश तथा विदेशमा रहेका आदिवासी जनजाति समुदाय र सम्बन्धित संघसंस्थाहरूलाई जागरूक र क्रियाशील रहन अपिल गरेको छ ।

यस्तै आयोगले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली र घाइतेप्रति शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । 

आन्दोलनमा ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना  सुरक्षाकर्मी गरी ७२ जनाको ज्यान गएको छ । यस्तै १ सय ३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise