काठमाडौंः नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् ।
सोमबार शीतलनिवासमा राष्ट्रपतिबाट शपथ ग्रहण गरेलगत्तै मन्त्री खनालले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गरेसँगै उनले टुक्रे र प्राथमिकतामा नरहेका आयोजना बजेटबाट हटाउनेबारे अध्ययन गर्न कार्यदल गठन गर्ने बताएका छन् ।