२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

जुम्ला प्रहरीले दियो कैदीबन्दीलाई पुस्तक

ADV
दिलमाया शाही
२०८१ साउन २४ गते २२:०९
जुम्ला प्रहरीले दियो कैदीबन्दीलाई पुस्तक

जुम्ला : जिल्ला प्रहरी कार्यालय जुम्लाले कैदी बन्दीलाई किताब हस्तान्तरण गरेको छ । नेपाल प्रहरी श्रीमती संघको ४०औं वार्षिक उत्सवको अवसरमा जिल्ला कारागारका कैदीबन्दीलाई पुस्तक दिइएको हो । 

प्रहरीले कैदीबन्दीलाई भित्रै अध्ययन गर्न सजिलोका लागि विभिन्न लेखकका पुस्तक हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक छेदीलाल कामतीले बताए । 

उनले कैदीबन्दीलाई कारागारभित्र किताब उपलब्ध गराउँदा उनीहरुले ज्ञान लिएर सकारात्मक सोच आउन भन्ने पनि उद्देश्य रहेको बताए । 

उनका अनुसार कारागार सुधार केन्द्र हो । जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आचार्य, प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे र प्रहरी नायव उपरीक्षक छेदिलाल कामतीले पुस्तक हस्तान्तण गरेका  थिए ।  त्यस्तै २०७५/७६ सालतिर तत्कालिन कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी महेश विक्रम शाहले कर्णाली प्रदेशका कारागारमा पुस्तकालय अभियान थालेका थिए । त्यतिबेलाको अभियानदेखि कारागारमा पुस्तक थपिँदै ८ सय बढी पुस्तक पुगेका छन् । 

अहिले  जुम्ला कारागारमा पाँच जना महिलासहित १२३ जना कैदीबन्दी रहेको जेलर जया प्रसाद पाण्डेले जानकारी दिए । 

त्यस्तै प्रहरी नायव उपरीक्षक कामतीका अनुसार चाँदीको घेरा थान ८, शंकराचार्यको जीवनी थान १, पानी र मानवता थान १, आधुनिक नेपाली महाकाब्य थान १, मान्छे निबन्ध संग्रह थान १, संकराचार्यको जीवनी थान १, अव्यक्त गिता थान १, रामकृष्ण र बुद्ध दर्शन थान एकसहित विभिन्न ३० थान पुस्तक दिइएको छ । पुस्तकसँगै १६ थान लुडो र चेस समेत कारागारका कैदीबन्दीलाई उपलब्ध गराइएको  हो । 

त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले पुस्तकले बन्दी भएको अवस्थामा समेत अध्ययन गरेर ज्ञान दिन सिक्ने मध्यम भएको बताए । उनले जेलबाट बाहिरपछि धेरैको जीवन परिवर्तन भएको बताए । उनका अनुसार कतिपय व्यक्तिहरु जेलबाट आएपछि सहित्यकार,लेखक जस्ता रचना गर्ने गरेको उनीहरुको जीवनी पढ्दा थाहा हुन्छ ।

उनले जुम्ला कारागारमा रहेका बन्दीलाई सकारात्कम ज्ञान लिइ कारागार पछिको जीवन राम्रो बनाउन अनुरोध गरे । 

त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी घिमिरेले ठूला ठूला विद्धानहरु कारागारमा बन्दी जीवन बिताइरहेको समयमा अध्ययन गरेर, पुस्तक लेखेर आफुलाई सफल व्यक्तिको परिचय बनाएको बताए । जुम्ला कारागारका कैदीबन्दीले खानेपानीको अभाव भएको गुनासो गरेका थिए । 

ADVADV

सम्बन्धित खबर

Advertise