
काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर खत्री ‘कुमार’ निर्वाचित भएका छन् ।
आइतबार काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा संघको विशेष साधारण सभापश्चात भएको निर्वाचनमा नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल र नेपाली कम्युनिस्ट पार्टीनिकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च तथा नेपाली कांग्रेसनिकट केही व्यवसायी मिलेर बनेको संयुक्त व्यवसायी समूहबाट उम्मेदवार बनेका खत्री अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्षमा नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनबाट संघका पूर्वमहासचिव मेघनाथ भुर्तेल र राष्ट्रिय स्वतन्त्र पार्टीनिकट स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी समूहबाट नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिका अध्यक्ष तथा संघका पूर्वप्रथम उपाध्यक्ष हरिबहादुर पाण्डे क्षेत्री प्यानलसहित चुनावी मैदानमा थिए ।
संयुक्त व्यवसायी समूहबाट १७ सदस्यीय कार्यसमितिमा पदाधिकारी ७ मध्ये ६ जना र १० कार्यसमिति सदस्यमध्ये ८ सदस्य जितेको छ । एसोसिएसन प्यानलबाट एक पदाधिकारी र २ सदस्य निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यहरूको कसको कति मत ?
विजयी
१ ) रमा खड्का : ३३६ मत
२) तारा तामाङ : ३०१ मत
३) तारामणि राई : २८४ मत
४) ध्रुव जिसी : २७० मत
५) भावना गजुरेल : २५९ मत
६) रविन्द्र राई : २५८ मत
७) विवश ढुंगाना (दीपक) : २५४ मत
८) दीक्षा थपलीया : २५२ मत
९) बाबुराम न्यौपाने : २५० मत
१०) गीता राउत : २३३ मत
पराजित
११) कैलाश पाठक : २२६ मत
१२) भिममायॉ कार्की : २११ मत
१३) रोशना निरौला : २०७ मत
१४) युवराज देवकोटा : २०७ मत
१५) टंकप्रसाद पंगेनी : २०३ मत
६),फणिन्द्र कुमार केसी (प्रशान्त) : २०० मत
१७) हिरालाल गदेल : १८८ मत
१८) देउबहादुर गौतम (सबिन) : १८५ मत
१९) निर्मल जिसी : १८० मत
२०) दिनेश पौडेल क्षेत्री : १६५ मत
२१) दिपक कुमार देव : १५४ मत
२२) शिव शंकर यादव : १४८ मत
२३) दिनेशकुमार खड्का : १४६ मत
२४ ) रबिन श्रेष्ठ : १३९ मत
२५) सरोज हुसेन : १३६ मत
२६) विनोदकुमार यादव : १३० मत
२७) राजेश मैनाली : १२५ मत
२८) लेखनाथ भुसाल : १२३ मत
२९) शालिग्राम पाण्डेय : १०८ मत
३०) नरेन्द्र देव मलेकर : ९९ मत