२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

मास्टर सेफ साह भन्छन्- ‘जुम्लाको अर्गानिक खानालाई विश्वभर चिनाउनुपर्छ’

ADV
दिलमाया शाही
२०८१ जेठ २६ गते २०:३१
मास्टर सेफ साह भन्छन्- ‘जुम्लाको अर्गानिक खानालाई विश्वभर चिनाउनुपर्छ’

जुम्ला : मास्टर सेफ सन्तोष साहले जुम्लाको रैथाने खानालाई विश्वभर चिनाउनुपर्ने बताए । नेपालको खानालाई पहिचानसँग जोडेर प्रचार–प्रसार गर्दै आएका साहले जुम्लाको खानालाई संसार भर चिनाउन आवश्यक रहेको बताए । मास्टर सेफ सन्तोष साह सहतिको टिम नेपाली फुडको टिम यतिवेला जुम्ला पुगेको छ ।

खाद्य गुणस्तर अभिवृद्धिबारे सचेतना फैलाउने उद्देश्यका साथ अघि बढेको उनले बताए । ‘मेहेनत नै हो हाम्रो सफलता, अनि उपलब्धी हो । अहिले जतिपनि सेफहरू छन्, उनीहरूले नेपाली खानाका परिकार बनाउन  सिकाउनुपर्ने  आवश्यक देखिएको छ,’उनले भने । युवाहरु कर्ममा तल्लीन हुनुपर्छ । नेपालको खाना र नेपालको पहिचानको लागि केही गरौँ भनेर मनैदेखि सोच आएको उनले बताए । उनले थपे, ‘अब नेपालको खानाको गुणस्तर बढाउनुपर्छ, खानाबाट पनि सरकारले आम्दानी गर्न सक्छ । यसको लागि लगानी गर्न जरुरी छ ।’ 

त्यस्तै गेट कलेजका संस्थापक खेम राज लकाईले खाना कसरी हुर्कन्छ र कसरी यसको खेतीले स्थानीय समुदायहरूलाई फाइदा पु¥याउँछ भन्ने बारेमा जानकारी गराएका थिए । उनले भने, ‘खाना गुणस्तरीय हुन जरुरी छ । खानाको परिकारले जुम्लाको मात्र नभइन सिंगो नेपालको पहिचानलाई विश्वभर फैलाइ पर्यटन प्रवर्द्धनका निम्ति महत्वपूर्ण सहयोग पुग्नेछ ।’

उनले यसको लागि स्थानीय सरकारले खाद्य स्वाच्छता क्षेत्र लगानी गर्न जरुरी रहेको बताए । त्यस्तै पत्रकार तथा समाज सेवी मनऋषी धितालले जुम्लाको रैथाने काखाको  परिकार विश्वभरका दर्शकमाझ पस्काउन जरुरी रहेको बताए । उनले मास्टर सेफ साहले लाखौँ नेपालीको मन जित्न सफल भएको बताए । हाम्रो खानाको मौलिकता र विविधतालाई विश्वमाझ चिनाउने उद्देश्यले जुम्ला आएको उनले बताए ।   

त्यस्तै पातारासी गाउँपालिकाका अध्यक्ष पूर्ण सिंह बोहोराले यहाँको अर्गानिक खानाको परिकार बनाउने सीप युवालाई दिन जरुरी रहेको बताए । उनले आफ्नो पालिकमा उत्पादन हुने स्थानीय बालीहरुको प्रवर्द्धन गर्न सरकार तयार रहेको बताए । उनले हाम्रो उत्पादन बनाउने तरिका र हस्पिटालिटीको कुरा सिकाउनुपर्ने जरुरी रहेको बताए । 

त्यस्तै होटल व्यवसायिक क्षेत्रिय होटल संघ जुम्लाका अध्यक्ष दिल बहादुर महतले आन्तरिक पर्यटनको प्रमुख गन्तव्यमध्ये एक जुम्ला रहेको बताए । होटल ब्यवसायहरु राम्रो सम्भावना रहेको बताए । उनले होटलमा काम गर्ने जनशक्ति उत्पादन हुन जरुरी रहेको बताए । 

मास्टर सेफ साहको टिमले जुम्ला जिल्लाको रैथाने कृषि उपजहरुको प्रवर्द्धन तथा बजारीकरणका लागि  सञ्चालन हुँदै आएको शनिवारीय कृषक बजारको अवलोकन गरेको थियो ।  चन्दननाथ नगरपालिकाका उपमेयर रामदेवी खड्काले मास्टर सेफ साहलाई मायाको चिनो दिएर सम्मान गरेकी थिइन् । 

साह बीबीसी मास्टर सेफको फाइनल राउण्डमा पुगेका चर्चित व्यक्ति हुन् । उपमेयर खड्काले आफ्नो जुम्लाको अर्गानिक खानाका परिकारमा कला, संस्कृतिले प्रभाव पार्ने बताइन् । उनले हाम्रो गाउँका खाने कुरालाई  प्रवर्द्धन गर्नका लागि स्थानीय सरकार लागि पर्ने बताइन् । 

ADVADV

सम्बन्धित खबर

Advertise