२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

वैदेशिक रोजगारीमा ठगी, चार जना पक्राउ

Nada
२०८३ जेठ २७ गते १५:०४
Shares
वैदेशिक रोजगारीमा ठगी, चार जना पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्वसाधारणसँग रु ३० लाखभन्दा बढी ठगी गरेको अभियोगमा चार जना पक्राउ परेका छन् ।

ncell

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले सिन्धुपाल्चोकका २९ वर्षीय सुमन शाही, रामेछापका ४७ वर्षीय वेदबहादुर सुनुवार, झापाका ४५ वर्षीय अनिल अग्रवाल र तनहुँका ३७ वर्षीय विवेक अधिकारीलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

उनीहरुले क्रोएशिया, स्वीटजरल्याण्ड, अष्ट्रिया र फ्रान्स पठाइदिने भन्दै सर्वसाधारणसँग ठूलो रकम असुल गरेको अनुसन्धानबाट खुलेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल  पठाइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर