२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

संघमा पद बहालीपछि कार्य विभाजन 

Nada
२०८३ जेठ २८ गते ०७:४२
Shares
संघमा पद बहालीपछि कार्य विभाजन 

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिले पदबहालीसँगै कार्य विभाजन गरेको छ । जेठ २५ गते सम्पन्न संघको विशेष साधारणसभाले डिकबहादुर खत्री ‘कुमार’को अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्वाचित गरेको थियो ।

ncell

बुधबार बिहान ७ः३० बजेको शुभसाइतमा सिफलस्थित कार्यालयमा धार्मिक विधिअनुसार पूजापाठ गरेर नवनिर्वाचित कार्यसमिति संघ भवन प्रवेश गरेको हो । त्यसलगत्तै संघका अध्यक्ष खत्रीसहित पदाधिकारी तथा सदस्यहरूले आ–आफ्नो कार्यकक्षमा पद बहाली गरे ।

पद बहालीपछि मध्यान्ह दैनिकसँगको कुराकानीमा अध्यक्ष खत्रीले समग्र वैदेशिक रोजगार क्षेत्रलाई सम्मानित महसुस हुनेगरी काम गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताए । ‘कामदार र व्यवसायी हितको काम गर्नेछु,’ नवनिर्वाचित अध्यक्ष खत्रीले भने । 

वैदेशिक रोजगार क्षेत्रमा न्याय स्थापनाका लागि लागत परिभाषित गरेर नयाँ शुल्क तोक्ने, त्यसपछि उजुरी लिने, गुनासो सुनुवाइ गरिनुपर्नेमा उनले जोड दिए । समस्या समाधानका लागि मेलमिलाप अनिवार्य सर्त हुनुपर्ने भन्दै अध्यक्ष खत्रीले वैदेशिक रोजगार विभागले मेलमिलाप र सहमतिको मर्मलाई आत्मसात् गरेर मेलमिलाप केन्द्र स्थापना गर्नुपर्ने बताए । उनले भने, ‘विगतमा मेलमिलाप केन्द्रबाट ३५ सय उजुरी फरफारक गर्ने गरेको थियो । अहिले मेलमिलाप केन्द्र हटाउने विषय दुर्भाग्यपूर्ण हो ।’

त्यसैगरी, अध्यक्ष खत्रीले सरकारले वैदेशिक रोजगार आवश्यक छ÷छैन पहिले स्पष्ट पारेर कोरिया र इजरायलमा कामदार पठाउन गरिरहेको एजेन्टको काम छाड्नुपर्ने पनि बताए ।
महासचिव हिराबहादुर डाँगी (हरि डाँगी)ले आफ्नो पदीय जिम्मेवारीअनुसार कार्यालयलाई व्यवस्थित बनाएर विगत लामो समयदेखि थाती रहेका समस्याको समाधानमा केन्द्रित हुने बताए ।  

निर्वाचनबाट संघको अध्यक्षमा डिकबहादुर खत्री, प्रथम उपाध्यक्षमा महेश बस्नेत, द्वितीय उपाध्यक्षमा अनिल बोगटी, तृतीय उपाध्यक्षमा लक्ष्मण पौडेल, महासचिवमा  हिराबहादुर डाँगी (हरि), सचिवमा केदारनाथ अधिकारी र  कोषाध्यक्षमा धनमाया सिञ्जाली निर्वाचित भएका थिए ।

यस्तै, कार्यसमिति सदस्यमा रमा खड्का, तारा तामाङ, तारामणि राई, ध्रुव जिसी, भावना गजुरेल, रवीन्द्र राई, विवश ढुंगाना (दीपक), दीक्षा थपलिया, बाबुराम न्यौपाने र गीता राउत निर्वाचित भएका थिए । 

कार्यक्रममा नवनिर्वाचित कार्यसमितिले विघटित प्रबन्ध समिति तथा निर्वाचन समितिका पदाधिकारीलाई सम्मानपत्र दिएर तथा दोसल्ला ओढाएर सम्मान गरेको छ । 
पद बहालीपछि अध्यक्ष खत्रीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको कार्य विभाजन गरेको छ । 

कसलाई कुन क्षेत्र ?
प्रथम उपाध्यक्ष महेशकुमार बस्नेत : अन्तर्राष्ट्रिय समन्वय र संघलाई प्रविधिमैत्री बनाउने 
द्वितीय उपाध्यक्ष अनिल बोगटी : प्रशासनिक निकायसहित आन्तरिक समन्वय र आकस्मिक समन्वय 
तृतीय उपाध्यक्ष लक्ष्मण पौडेल : वैदेशिक रोजगार विभाग समन्वय मेलमिलाप र गुनासो समन्वय  
महासचिव हरि डाँगी : प्रवक्ता
सचिव केदारनाथ अधिकारी : विदेशी कूटनीतिक नियोग
कोषाध्यक्ष धनमाया सिञ्जाली : आर्थिक तथा संस्थाको सामाजिक उत्तरदायित्व

देशगत समस्या समाधान
१. रमा खड्का : संयोजक, युएई   
२. तारामणि राई, रवीन्द्र राई, गीता राउत : सहसंयोजक, वैदेशिक रोजगार विभाग ताहाचल 
३. ध्रुव जिसी : संयोजक, युरोप  
४ विवश ढुंगाना : संयोजक, कतार
५. दीक्षा थपलिया : संयोजक, साउदी अरब  
६. बाबुराम न्यौपाने : सहसंयोजक, युएई  
७. भावना गजुरेल : संयोजक, कुवेत  
८. तारा तामाङ : सहसंयोजक, युरोप

ताजा खबर

सम्बन्धित खबर