२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

जुम्लामा शान्ति सुरक्षा अस्तव्यस्त : कहिले शंकास्पद बस्तु, कहिले नक्कली प्रहरीको त्रास

ADV
दिलमाया शाही
२०८१ साउन २५ गते २२:०१
जुम्लामा शान्ति सुरक्षा अस्तव्यस्त : कहिले शंकास्पद बस्तु, कहिले नक्कली प्रहरीको त्रास

जुम्ला : पछिल्लो समयमा  जुम्लामा  शान्ति सुरक्षा अस्तव्यस्त  देखिएको  छ । यहाँका नागरिक कहिले शंकास्पद बस्तु त कहिले नक्कली प्रहरीको त्रासमा रहेका छन् ।

तर यहाँको प्रशासनको प्रमुख काम यतिखेर टिकट प्रदर्शन  र औपचारिक कार्यक्रमका अतिथि सत्कारमा व्यस्त देखिएको छ । जसको उदारण हो, बिहीबार  साँझ जुम्लाको चन्दननाथ नगरपालिका –२ मा  प्रेसर कुकर बम राखिएको भन्दै नागरिकले प्रहरीलाई जानकारी  दिए ।

प्रहरी र सेनाले  प्रेसर कुकर शंकास्पद  देखेपछि  रातभरी डिउटी गरेको थियो । प्रहरीका अनुसार त्यो शुक्रबार  बिहान डिस्पोज गर्दा खाली रहेको पाइयो । बिहीबार चन्दननाथ २ मा भेटिएको रातो टेपले बेरिएको शंकास्पद वस्तु बम नभइ खाली कुकर मात्रै रहेको पृष्टी भएको जुम्ला प्रहरीले  जानकारी दिएको छ ।

शुक्रबार नेपाली सेनाले आफ्नो प्रक्रिया पूरा गरी डिस्पोज गर्दा  कुनै बम नभएर खाली  प्रेसर कुकर मात्रै भेटिएको प्रहरी नायब उपरीक्षक डीएसपी छेदिलाल कामतीले बताए ।  

उनका अनुसार रातो टेपले बेरिएको अवस्थामा भेटिएकोले बम हुन सक्ने आशंकामा उक्त क्षेत्रमा आवत जावत नै बन्द गरिएको थियो । त्यस्तै अर्को घटना हो गत शुक्रबार राति साढे १० बजेको समयमा चन्दननाथ नगरपालिका–१ एयरपोर्टस्थित कान्जिरोवा होटलबाट नक्कली प्रहरी भन्दै गएको दुई जनालाई प्रहरीले प्रकाउ गरेको थियो । 

प्रहरीको भेषमा लुटपाट गरी आपराधिक लाभ लिन खोज्ने दुई व्यक्तिलाई पक्राउ गरिएको  बताउँदै आएको छ । प्रहरीका अनुसार  प्रहरीको ‘ब्यूरो टोली हौँ’ भन्दै अपराधिक लाभ लिन खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । 

कान्जिरोवा होटेलमा बास बसिरहेरको व्यक्तिहरुलाई २ जना व्यक्ति आएर अस्वभाविक व्यवहार गरी ‘हामीहरु सिभिल प्रहरीको ब्यूरो टोली हौं,’ भनी हातमा चाइनिज सेट जस्तो देखिने चिज देखाइ आपराधिक लाभ लिने मनसाय राखी गाली गलौज तथा धाक धम्कदिइ तिमीहरुसँग नगद रुपैयाँ छ, के कहाँबाट ल्याएको हो ? देखाऊ भनि धकेला धकेल गरिरहेको सूचना प्राप्त हुने बित्तिकै प्रहरी टोली पुगेर नियन्त्रणमा लिइएको थियो । तर यसको वास्तविक कुरा आउन सकेको छ्रैन । यस्ता खालका गतिविधि हुँदै आएकाले नागरिकलाई त्रासको अनुभूति भएको  विभिन्न चिया चोकहरुमा  बताउने गरेका छन् । जुम्ला प्रहरीका अनुसार उनीहरुमाथि अनुसन्धान भइरहेको छ । 

यस आपराधिक गतिविधि बढी रहेका बेला यहाँको प्रशासन भने मौन देखिएको छ । त्यस्तै जुम्लाको मुटुमा रहेको चन्दननाथ नगरपालिकाले सदरमुकाम खलङ्गा बजारको मुख्य–मुख्य चोकमा शान्ति सुरक्षालाई थप मजबुँद बनाउनका लागि सीसी क्यामरा जडान समेत जडान गर्न सकेको छैन । 

आपराधिक क्रियाकलाप सँगसँगै सडक दुर्घटना न्यूनीकरणका लागि भन्दै  प्रहरीले  पटक–पटक  सीसी क्यामरा जडान गरिदिन आग्रह गर्दै आएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise