२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी

Nada
२०८३ असार १६ गते १८:१९
Shares
साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी

काठमाडौँ : साउदी अरब सरकारले रमजान महिनाको अवसरमा विभिन्न कारागारमा सजाय भोगिरहेका ३३ नेपाली नागरिकलाई शाही आममाफी प्रदान गरेको छ ।

ncell

परराष्ट्र मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उक्त निर्णयप्रति साउदी अरब सरकारलाई नेपाल सरकारका तर्फबाट हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरिएको छ ।

मन्त्रालयका अनुसार नेपाल सरकारले यस कदमलाई नेपाल-साउदी अरबबीच लामो समयदेखि कायम मित्रतापूर्ण सम्बन्ध, आपसी सद्भाव र द्विपक्षीय सहकार्यको सकारात्मक उदाहरणका रूपमा लिएको छ। साथै, साउदी सरकारको मानवीय निर्णयको उच्च मूल्यांकन पनि गरिएको छ ।

विज्ञप्तिअनुसार रियादस्थित नेपाली राजदूतावासमार्फत नेपाल सरकारले गरेको विशेष अनुरोधपछि साउदी सरकारले नेपाली कैदीहरूलाई शाही आममाफी प्रदान गरेको हो ।

परराष्ट्र मन्त्रालयले आममाफी प्राप्त गरेका नेपाली नागरिकले साउदी अरबको आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि निकट भविष्यमा नेपाल फर्कने जनाएको छ ।
 

सम्बन्धित खबर