२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

साउदीमा ३३ नेपालीले पाए आममाफी

Nada
२०८३ असार १७ गते ०६:३५
Shares
साउदीमा ३३ नेपालीले पाए आममाफी

काठमाडौं : नेपाल सरकारले पवित्र रमजान १४४७ हिजरी (२०२६) को अवसरमा ३३ जना नेपाली कैदीबन्दीलाई शाही आममाफी प्रदान गरेकोमा साउदी अरेबिया सरकारप्रति कृतज्ञता व्यक्त गरेको छ ।

ncell

नेपाल सरकारले यस उदार कदमलाई नेपाल र साउदीबीच विद्यमान दीर्घकालीन मित्रता, सद्भाव तथा सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धको प्रतिविम्बका रूपमा उच्च मूल्यांकन गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो आममाफी रियादस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारले गरेको अनुरोधपश्चात प्रदान गरिएको हो । ती कैदीबन्दीहरू साउदी अरबको कानुनी प्रक्रिया पूरा भएपछि नेपाल फर्किने मन्त्रालयले जानकारी दिएको छ ।

सम्बन्धित खबर