२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

वैदेशिक रोजगार ठगी रोक्न विशेष राष्ट्रिय अभियान

Nada
२०८३ असार १७ गते ०६:४०
Shares
वैदेशिक रोजगार ठगी रोक्न विशेष राष्ट्रिय अभियान

काठमाडौं : वैदेशिक रोजगारीका नाममा अनधिकृत एजेन्टबाट हुँदै आएको ठगी रोक्न युवा, श्रम तथा रोजगार मन्त्रालयले विशेष राष्ट्रिय अभियानको घोषणा गरेको छ ।

ncell

उक्त अभियानले साइबर अपराध र वैदेशिक रोजगारका क्रममा श्रमिकमाथि हुने सबै प्रकारका आर्थिक शोषणलाई अन्त्य गर्न सहयोग गर्ने बताइएको छ ।

मन्त्रालयले बुधबार आयोजना गरेको कार्यक्रममा ‘अवैध एजेन्टविरुद्ध अभियानः सुरक्षित वैदेशिक रोजगारीका लागि’ नामक विशेष डिजिटल प्लेटफर्म सार्वजनिक गरेको हो । 

कार्यक्रममा श्रममन्त्री रामजी यादवले वैदेशिक रोजगार क्षेत्रलाई गैरकानुनी एजेन्ट मुक्त  बनाउने उद्देश्यले नयाँ अभियानको सुरुवात गरिएको बताए ।

२०५६ सालदेखिका पुराना उजुरीहरूलाई फछ्र्यौट गर्ने काम तीव्र पारिएको भन्दै उनले स्थानीय तहबाटै श्रम स्वीकृति सहजीकरणका लागि वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) प्रणालीमार्फत सबै ७५३ वटै स्थानीय तहलाई युजर आइडी दिने व्यवस्था गरेको बताए ।

सम्बन्धित खबर