२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

प्रक्रिया पूरा गरे म्यानपावर नवीकरण हुने

Nada
२०८३ असार १९ गते ०६:१५
Shares
प्रक्रिया पूरा गरे म्यानपावर नवीकरण हुने

काठमाडौं : वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरूको इजाजतपत्र नवीकरणका लागि आवेदन लिइरहेको छ ।

ncell

वैदेशिक रोजगार ऐनअनुसार असार मसान्तसम्म एक आर्थिक वर्षका लागि इजाजतपत्र नवीकरण दस्तुर १० हजार रुपैयाँ लाग्ने व्यवस्था छ । त्यसपछि असोज मसान्तसम्म प्रत्येक महिनाका लागि थप १० हजार रुपैयाँ विलम्ब दस्तुर लाग्ने व्यवस्था छ । असोज मसान्तसम्म पनि नवीकरण नभए म्यानपावर कम्पनी खारेजीमा पर्ने व्यवस्था छ ।

विभागले इजाजतपत्र नवीकरण भने उजुरी फछ्र्योट भएपछि मात्रै गर्ने प्रचार भइरहेको छ । तर विभागले उजुरी फछ्र्योटलाई कडाइ गरे पनि प्रक्रिया पूरा गरी आवेदन दिने म्यानपावर कम्पनीहरूको नवीकरण गर्ने निर्देशक विन्दा आचार्यले जानकारी दिइन् ।

उनले उजुरी परेका, मुद्दा–मामिलामा रहेका, कारोबार वा एलटी रोकिएका सबै म्यानपावर कम्पनीले तोकिएको दस्तुर बुझाएर नवीकरण गर्नुपर्ने बताइन् ।

केही म्यानपावर कम्पनीले एलटी रोकिएको, इनएक्टिभ भएको भन्दै समयमै नवीकरण दस्तुर नबुझाउँदा जरिवाना र खारेजीमा पर्ने गरेका छन् ।

यसअघि कम्पनी रजिस्ट्रारको कार्यालयले समयमै कम्पनी अध्यावधिक गरेको चिठी नदिँदा वार्षिक सय जना कामदारको श्रम स्वीकृति लिएका म्यानपावर कम्पनीहरू समयमै इजाजतपत्र नवीकरण गर्नबाट वञ्चित भई जरिवानामा परेका थिए ।

सम्बन्धित खबर