
काठमाडौं : दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत जाने नेपाली श्रमिकको भिसा शुल्क बढाएको छ ।
वैदेशिक रोजगार विभागअन्तर्गत इपिएस कोरिया शाखा कार्यालयले एक सूचना जारी गर्दै नेपालस्थित कोरियाली दूतावासले लिने भिसा शुल्कमा ६ सय रुपैयाँ वृद्धि भई ११ हजार ३ सय रुपैयाँ पुगेको बताएको छ ।
इपिएस प्रणालीमार्फत दक्षिण कोरिया जाने र सिसिभिआई प्राप्त गरेका श्रमिकले स्वयं इपिएस कोरिया शाखामा उपस्थित भएर फाराम बुझाउनुपर्नेछ ।