२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

गोदावरीमा सिनामंगल क्युआरटीको बृहत् वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

Nada
२०८३ असार २० गते ०६:२०
Shares
गोदावरीमा सिनामंगल क्युआरटीको बृहत् वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

काठमाडौं : राजधानीको सिनामंगल क्षेत्रमा कार्यालय सञ्चालन गरेका वैदेशिक रोजगार व्यवसायीहरूको समूह ‘सिनामंगल क्युआरटी’को आयोजनामा ललितपुरको गोदावरीमा बृहत् वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा चर्चित लोकदोहोरी गायक बद्री पंगेनी, राजनराज शिवाकोटी, अस्मिता पुरीलगायतले लोकगीत, नृत्यलगायतका प्रस्तुति दिएका थिए ।

ncell

कार्यक्रमका संयोजक मानव बिष्टले म्यानपावर कम्पनीका कर्मचारी, परिवार र व्यवसायीबीच आपसी एकता तथा भाइचाराको सम्बन्ध बलियो बनाउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उनले यो कार्यक्रमले कला–संस्कृतिको संरक्षणका साथै व्यवसायीलाई तनावमुक्त भई रचनात्मक एवं सिर्जनात्मक कार्यमा अग्रसर हुन प्रेरणा मिल्ने बताउँदै निमन्त्रणा स्वीकार गरी सहभागी भएका सबैप्रति आभार व्यक्त गरे ।

कार्यक्रममा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका नवनिर्वाचित अध्यक्ष डिकबहादुर खत्री ‘कुमार’सहित कार्यसमितिका अधिकांश पदाधिकारी तथा सदस्यहरू, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका नवनिर्वाचित अध्यक्ष रामप्रसाद गैरेसहित पदाधिकारी तथा सदस्यहरू, संघका पूर्वअध्यक्ष राजेन्द्र भण्डारी र वैदेशिक रोजगार व्यवसायी महिला संघकी कार्यवाहक अध्यक्ष तारा रेग्मी, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका संस्थापक अध्यक्ष सरोजकुमार पोखरेल, मञ्चका पूर्वअध्यक्ष तथा संघका पूर्वमहासचिव नरेश गेलाल, एसोसिएसनका पूर्वकार्यवाहक महासचिव तुलसी पुरीसहित सिनामंगल तथा सामाखुसी क्षेत्रमा कार्यालय रहेका व्यवसायीहरूको बाक्लो उपस्थिति थियो ।

कार्यक्रम सफल बनाउन क्युआरटी सदस्यसमेत रहेका संघ कार्यसमिति सदस्य दीपक ढुंगाना, पूर्वसदस्य देव गिरी र सामाखुसी संयोजक सुनिल केसीको उल्लेखनीय योगदान रहेको समूहले जनाएको छ ।

May be an image of ‎dais and ‎text that says '‎QUICK KRESPONSE TEAM RESPONSE 'एकता, सहकार्य, विश्वास, मित्रता- -हाम्रो हाम्रो शक्ति" QRT बनमोज TEAM सिनामंगल द्वारा आयोजित तथा बृहत सांस्कृतिक कार्यक्रम हार्दिक स्वागत गर्ददी 2083/01/30 हाम्रा विशेष अतिथि कलाकारहरु बद्री द्रीपंगेनी पंगेनी वरिष्ठ खोक रया दोलसी वरिठसोक्तावादेलसीनावक 2安店 राजन राज शिवाकोटीन आपूषिक जायक अस्मिता पुरी दृत्यागना 국고보다에 2ia14127. مورك पदम पदमराई રાફ लोक तया आपुनिक लकतआपविक्सयक आयक जिति भकवार 3នណយៈ‎'‎‎

कार्यक्रम सञ्चालन संघका महासचिव हिराबहादुर डाँगी (हरि)ले गरेका थिए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका उपमहासचिवसमेत रहेका डाँगीको कार्यक्रम सञ्चालन शैली र प्रस्तुतिले वनभोज कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो ।

समूहले वरिष्ठ अधिवक्ता देवराज कटुवालसहित विभिन्न व्यवसायीहरूलाई मायाको चिनो प्रदान गरेको थियो ।

सम्बन्धित खबर