२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

लोकतान्त्रिकमा लामा कार्यवाहक तोकिए, सिडिओको निर्णय अमान्य !

Nada
२०८३ असार २४ गते १८:०५
Shares
लोकतान्त्रिकमा लामा कार्यवाहक तोकिए, सिडिओको निर्णय अमान्य !

काठमाडौं : नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका निर्वाचित पदाधिकारी तथा सदस्यहरूले किशोर केसीलाई अध्यक्षको जिम्मेवारी दिने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णय नमान्ने निर्णय गरेका छन् ।

ncell

जिल्ला प्रशासन कार्यालय काठमाडौंले अध्यक्ष तोकेका केसीले बुधबार बिहान अध्यक्ष पदको पदबहाली गरेका थिए । त्यसलगत्तै बसेको निर्वाचित पदाधिकारी तथा सदस्यहरूको बैठकले प्रथम उपाध्यक्ष सुवर्ण लामालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ ।

कार्यसमितिका १९ मध्ये १८ जनाको हस्ताक्षर रहेको माइन्युटमार्फत एसोसिएसनका निर्वाचित अध्यक्ष रामप्रसाद गैरेलाई विधानअनुसार अध्यक्ष हुन अयोग्य भन्दै केसीलाई अध्यक्षको जिम्मेवारी तोकेको जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णय विधानसम्मत नरहेको निष्कर्ष निकालिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले एसोसिएसनका नाममा गत सोमबार पत्र पठाउँदै असार ५ गते सम्पन्न एसोसिएसनको १३औं साधारणसभाबाट अध्यक्ष पदमा निर्वाचित गैरेलाई संस्थाको विधानको दफा ७ र ८ बमोजिम अध्यक्ष पदका लागि आवश्यक योग्यता नपुगेको देखिएको भन्दै अध्यक्ष पदबाट हटाई निर्वाचनमा अध्यक्ष पदका निकटतम उम्मेदवार केसीलाई अध्यक्षको जिम्मेवारी तोकेको थियो ।

कार्यसमितिका १८ जनाले तत्कालै कार्यसमितिको नयाँ निर्वाचन गर्नु उपयुक्त हुने बताएका छन् । कार्यवाहक अध्यक्ष लामाको अध्यक्षतामा बसेको बैठकले साउदी अरेबियाको स्किल भेरिफिकेसन अस्वीकार गर्ने तथा मनोरञ्जन समिति गठन गर्ने निर्णयसमेत गरेको छ ।

सम्बन्धित खबर