२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

सिडिओ कार्यालयमा आउने उजुरीको फर्छ्योटमा समन्वय गर्न संघको आग्रह

Nada
२०८३ असार २५ गते ०६:१०
Shares
सिडिओ कार्यालयमा आउने उजुरीको फर्छ्योटमा समन्वय गर्न संघको आग्रह

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आउने संस्थागत उजुरीको फर्छ्योटमा समन्वय गर्न आग्रह गरेको छ ।

ncell

वैदेशिक रोजगार ऐन, २०६४ संशोधनपछि हाल वैदेशिक रोजगार विभागमा दर्ता हुने उजुरी जिल्ला प्रशासन कार्यालयमा पनि दर्ता गर्न सकिने व्यवस्था भएको सन्दर्भमा संघका अध्यक्ष डिकबहादुर खत्री ‘कुमार’को नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मंगलबार प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग छलफल गरेको थियो ।

छलफलमा सहभागी संघका द्वितीय उपाध्यक्ष अनिल बोगटीले वैदेशिक रोजगार क्षेत्रबाट आउने संस्थागत तथा व्यक्तिगत उजुरीको प्रकृति र त्यसको समाधानका लागि भएका असल अभ्यासबारे छलफल भएको जानकारी दिए ।

वैदेशिक रोजगार विभागमा ठुलो रकम धरौटी राखेर सञ्चालन भएका म्यानपावर कम्पनीहरू संस्थागत सुशासनका लागि प्रयासरत रहे पनि कतिपय व्यवसायीले वैदेशिक रोजगार ऐन, २०६४ र नियमावलीमा भएका व्यवस्थाको कडाइका साथ पालना नगर्दा उजुरीहरू आउने गरेको उनको भनाइ थियो ।

यस्ता उजुरी मेलमिलापको माध्यमबाट समाधान गर्दा पीडित कामदारले शीघ्र न्याय पाउने र समयको पनि बचत हुने भएकाले मेलमिलापको माध्यमबाट अघि बढ्नुपर्ने धारणा संघको प्रतिनिधिमण्डलले राखेको थियो ।

जवाफमा प्रमुख जिल्ला अधिकारी पौडेलले उजुरी फर्छ्योटका सम्बन्धमा संघका सुझावलाई ध्यानमा राखिने बताएका थिए ।

सम्बन्धित खबर