२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

दक्षिण पूर्वका देशमा अनलाइन स्क्यामबाट ठगिएका ८३६ जना नेपालीको उद्धार

Nada
२०८३ असार २६ गते १६:१७
Shares
दक्षिण पूर्वका देशमा अनलाइन स्क्यामबाट ठगिएका ८३६ जना नेपालीको उद्धार

काठमाडौं : सरकारले दक्षिण पूर्वका देशबाट अनलाइन स्क्याममा ठगिएका ८ सय ३६ जना नेपालीको उद्धार गरेको छ । दक्षिण पूर्वका कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डको सीमा क्षेत्रमा सञ्चालित विभिन्न अनलाइन स्क्यामिङ सेन्टरहरुमा ठगिन पुगेका नेपालीहको उद्धार गरेको हो ।

ncell

शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले असार २५ सम्म त्यहाँका स्क्याम सेन्टरबाट ८ सय ३६ जना नेपालीको उद्धार गरिएको बताए । जसमध्ये ७ सय ९ जना कम्बोडियाबाट, ११३ जना म्यानमार, ८ जना लाओस, ६ जना थाइल्यान्डबाट रहेको प्रवक्ता क्षेत्रीको भनाइ छ ।

दूतावासको निरन्तर अनुरोधमा कम्बोडिया सरकारले भिसा अवधिभन्दा बढी बसेका नेपालीको भिसा शुल्क र जरिवाना मिनाहा गर्दै आएको र यस वर्ष ६ सय २ जनाको शुल्क मिनाहा गरेको जानकारी दिए । 

प्रवक्ता क्षेत्रीले १ मे २०२६ देखि बैंककस्थित नेपाली दूतावासले अनलाइन फारममार्फत विवरण संकलन गरी राहदानी हराएका सबै नेपालीलाई निःशुल्क एकतर्फी यात्रा अनुमति पत्र तयार गरी कम्बोडिया पठाउने कार्य गरेको पनि बताए ।

सम्बन्धित खबर