
काठमाडौं : कुवेतस्थित नेपाली दूतावासले सिसाको झ्यालबार्दली छेउछाउ नबस्न आग्रह गरेको छ । कुवेत तथा इराकको आधिकारिक निकायहरूबाट प्रेषित हुने समाचार, निर्देशन र सूचनाहरूलाई पालना गर्न, अफवाहको पछि नलाग्न, त्यस्ता सूचना सामग्रीहरू सामाजिक सञ्जालमा पोस्ट नगर्न पनि दूतावासले आग्रह गरेको छ ।
त्यस्तै आकाशमा देखिने कुनै पनि हवाई आक्रमण तथा प्रतिरक्षाका घटनाहरूको तस्बिर, भिडियो नखिच्न तथा सामाजिक सञ्जालमा पोस्ट नगर्न, साइरन बजेको बेला घर–कार्यस्थल बाहिर भएको अवस्थामा नजिकैको भवनभित्र बस्न तथा भवनभित्रै भएको अवस्थामा सुरक्षित साथ भवनभित्रै बसेर कन्सुलर तथा अन्य सेवा आवश्यक परेको अवस्थामा नेपाली दूतावासमा सम्पर्क गर्न भनेको छ ।