२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

प्रगतिशील मञ्चको सातौं अधिवेशन साउन २९ मा

Nada
२०८३ असार ३० गते ०६:२५
Shares
प्रगतिशील मञ्चको सातौं अधिवेशन साउन २९ मा

काठमाडौं : प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालको सातौं अधिवेशन साउन २९ गते हुने भएको छ । मञ्चको सोमबार बसेको कार्यसमितिको पूर्ण बैठकले सातौं अधिवेशन साउन २९ गते गर्ने निर्णय गरेको हो ।

ncell

मञ्चका अध्यक्ष जनक रावलको अध्यक्षतामा सम्पन्न बैठकले अधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न तयारीसम्बन्धी निर्णयहरू समेत गरेको छ । अधिवेशनका लागि प्रतिनिधि छनोट गरी साउन १९ गतेभित्र पठाइसक्नुपर्ने समयसीमा निर्धारण गरिएको छ ।

अध्यक्ष रावलले अधिवेशन व्यवस्थापनका लागि विभिन्न समिति गठन गर्दै जिम्मेवारीसमेत तोकेका छन् । अधिवेशनका लागि अध्यक्ष रावलको संयोजकत्वमा मूल व्यवस्थापन समिति, मुक्तिनाथ अधिकारीको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन समिति तथा राजेन्द्र अधिकारीको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिएको छ ।

मञ्चले सातौं अधिवेशनलाई भव्य, व्यवस्थित र उपलब्धिमूलक रूपमा सम्पन्न गर्ने निर्णय गरिएको जनाएको छ ।

सम्बन्धित खबर