२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

युएईमा निधन भएका रोल्पाका युवाको शव स्वदेश ल्याइयो

Nada
अन्जान गुभाजु
२०८३ असार ३० गते १३:५६
Shares
युएईमा निधन भएका रोल्पाका युवाको शव स्वदेश ल्याइयो

काठमाडौं : वैदेशिक रोजगारीका क्रममा संयुक्त अरब इमिरेट्स (युएई) मा निधन भएका रोल्पाका एक युवाको शव स्वदेश ल्याइएको छ ।

ncell

रोल्पाको लुङ्ग्री गाउँपालिका–१, पाङ छिउदर निवासी २६ वर्षीय सुशान्त खत्रीको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी नेपाल ल्याइएको हो । खत्री करिब एक वर्षअघि किङ प्लेस्मेन्ट मेनपावरमार्फत रोजगारीका लागि युएई गएका थिए ।

गत जुन २३ तारिखका दिन उनी युएईस्थित कम्पनीको क्याम्प बाहिर बेहोस अवस्थामा फेला परेका थिए । युएई प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

रोल्पाली अभियन्ता उमान जीएमका अनुसार स्वर्गीय खत्री झलक बिष्टका माइला छोरा हुन् । घटनाबारे जानकारी प्राप्त भएपछि परिवारजनले शव स्वदेश ल्याउन आवश्यक पहल गरिदिन अनुरोध गरेका थिए ।

परिवारको अनुरोधपछि सामाजिक अभियन्ता सबु सुनुवारको समन्वय, एन आर एन युएईको अध्य भिम मल्ल ठकुरीको पहल तथा आबुधाबीस्थित नेपाली दूतावासको सहयोगमा आवश्यक कागजी तथा कानुनी प्रक्रिया पूरा गरी शव नेपाल ल्याइएको हो ।

मृतक खत्रीका श्रीमती, चार वर्षीय छोरा र तीन महिनाकी छोरी छन् । उनको असामयिक निधनले परिवार, आफन्त तथा स्थानीय समुदाय शोकमा डुबेको छ ।

घटनाको वास्तविक कारणबारे सम्बन्धित निकायबाट थप अनुसन्धान तथा विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

No description available.

सम्बन्धित खबर