२०८३ कार्तिक ३ गते सोमवार / Oct 19 , 2026 , Monday
२०८३ कार्तिक ३ गते सोमवार

विष्णु पौडेलविरुद्ध मुद्दा दायर, २० करोड ९० लाख बिगो दाबी

Nada
२०८३ असार ३२ गते १७:१५
Shares
विष्णु पौडेलविरुद्ध मुद्दा दायर, २० करोड ९० लाख बिगो दाबी

काठमाडौँ : एमाले नेता एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर भएको छ । २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर भएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले विशेष अदालतमा अभियोगपत्र पेस गरेको हो । 

ncell

पौडेललाई व्यवसायी दीपक भट्टसँग मिलीभगत गरी पद र प्रभावको दुरुपयोग गरी सहजीकरणको बदलामा आर्थिक लाभ प्राप्त गर्ने गलत नियतले श्रीराम टोवाको उद्योग प्रालि को उच्च मूल्यको सेयरलाई न्यून मूल्यमा प्रतिवादी दीपक भट्टको कम्पनी हिमालयन एसेष्ट म्यानेजमेन्ट प्रा लिलाई दिलाएको अभियोग लगाइएको छ ।

uae

सम्बन्धित खबर