
काठमाडौँ : एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । कोइरीका छोरा मनोज कुमार महतोले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो ।
सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाद्वारा जारी पत्र अनुसार कोइरीलाई अन्य कुनै मुद्दामा थुनामा राख्नु नपर्ने भए आजै (बिहीबार) थुनामुक्त गर्न कारागार कार्यालय महोत्तरी, जलेश्वरलाई निर्देशन दिइएको छ ।
मधेश आन्दोलनका क्रममा २०७२ सालमा भएको सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले असार १७ गते कोइरीलाई ५ वर्ष कैद सजाय सुनाएको थियो ।