२०८३ कार्तिक ३ गते सोमवार / Oct 19 , 2026 , Monday
२०८३ कार्तिक ३ गते सोमवार

मदरसाको शैक्षिक अभ्यास अध्ययन गर्न अवलोकन भ्रमण

Nada
इसत्याक अहमद
२०८३ असार ३२ गते २१:४४
Shares
मदरसाको शैक्षिक अभ्यास अध्ययन गर्न अवलोकन भ्रमण

सुनसरी : शिक्षा नीति तथा अभ्यास केन्द्रको आयोजनामा सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिकाका ६ वटा मद्रसाका प्रधानाध्यापक, शिक्षक, मद्रसा व्यवस्थापन समितिका पदाधिकारी तथा गाउँपालिका शिक्षा समितिका प्रतिनिधिहरू सहभागी भएको दुईदिने शैक्षिक अवलोकन भ्रमण सम्पन्न भएको छ ।

ncell

भ्रमण टोलीले सुनसरीका विभिन्न मद्रसा तथा इस्लामी शैक्षिक संस्थाको अध्ययन, अवलोकन र अन्तरक्रिया गरेको थियो ।  अन्तरक्रिया कार्यक्रममा जामिया अल् इस्लाह अल् इस्लामिया, हरिनगरका अध्यक्ष मौलाना इलियास फलाहीले मद्रसाहरूले नैतिकवान्, चरित्रवान्, देशप्रेमी, शिक्षित तथा असल नागरिक उत्पादन गर्दै राज्यलाई महत्वपूर्ण योगदान पु¥याइरहेको बताए । उनले केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत मद्रसालाई आतंकवाद, साम्प्रदायिकता वा सन्दिग्ध गतिविधिसँग जोड्ने गलत भाष्य फैलाइएको उल्लेख गर्दै यस्ता अफवाहको अन्त्य गर्नु सबैको साझा दायित्व भएको धारणा राखे । 

No description available.

भ्रमणका क्रममा हरिनगर–६ स्थित हिलाल पब्लिक स्कुल, हरिनगर–७ को मद्रसा कासमिया, कप्तानगञ्जस्थित मद्रसा सुफ्फा तथा हरिनगर–४ स्थित मद्रसा रिजवियाको अवलोकन गरिएको थियो । विशेषगरी हिफ्ज शिक्षाका लागि परिचित मद्रसा सुफ्फा लगायतका संस्थामा शैक्षिक अवस्था, व्यवस्थापन, विद्यार्थी विकास तथा मद्रसाका चुनौती र सम्भावनाबारे विस्तृत छलफल गरिएको थियो । 

भ्रमण टोलीका सदस्य मौलाना अली हुसेनले सुनसरीका अधिकांश मद्रसाहरू राज्यको मूलधारको शिक्षासँग जोडिँदै गएको अनुभव साझा गर्दै सर्लाहीका मद्रसाहरूलाई पनि सरकारी शिक्षा नीतिअनुरूप आधुनिक तथा मूलधारको शिक्षासँग समन्वय गरी अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

भ्रमणका क्रममा मध्यान्हसँग कुरा गर्दै पूर्वराज्यमन्त्री मोहम्मद जाकिर हुसैनले सुनसरीका मद्रसाहरूले तुलनात्मक रूपमा उल्लेखनीय विकास गरेको बताउँदै अन्य जिल्लाका मद्रसाहरू पनि राज्यको मूलधारमा आउनुपर्ने आवश्यकता औँल्याए ।

No description available.

उनले भने, ‘नेपालमा जनजाति, मधेशी, दलित, मुस्लिम लगायत समुदायको मूल समस्या उनीहरू राज्यको मूलधारबाट बाहिर रहनु हो । सिंगो मद्रसा शिक्षा प्रणाली नै राज्यको मूलप्रवाहबाट बाहिर रहँदा शिक्षा क्षेत्रमा विभिन्न समस्या देखिएका छन् । सुनसरीका मद्रसाहरूमा यो समस्या क्रमशः न्यूनीकरण हुँदै जानु सुखद पक्ष हो । अन्य जिल्लामा पनि यो सन्देश प्रवाह हुनु आफैंमा महत्वपूर्ण उपलब्धि हो ।’

भ्रमणमा शिक्षा नीति तथा अभ्यास केन्द्रका अध्यक्ष अनुप सुवेदी, धनबहादुर राई, पत्रकार इस्तियाक अहमदलगायतको सहभागिता रहेको थियो । भ्रमण टोलीका सदस्यहरूले स्थानीय जनप्रतिनिधि, मद्रसाका सञ्चालक तथा अन्य सरोकारवालासँग मद्रसा शिक्षाको योगदान, सुधारका सम्भावना तथा मद्रसालाई राज्यको मूलधारको शिक्षासँग थप प्रभावकारी रूपमा समाहित गर्ने अभियानलाई अन्य जिल्लामा समेत विस्तार गर्ने विषयमा गहन छलफल गरेका थिए ।

uae

सम्बन्धित खबर