२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

कर्णाली राजमार्गमा सधैं पहिरोको जोखिम

ADV
दिलमाया शाही
२०८१ साउन २८ गते १३:३९
कर्णाली राजमार्गमा सधैं पहिरोको जोखिम

जुम्ला : कर्णाली राजमार्गमा निरन्तर पहिरोको जोखिम रहने गरेको छ । सडक डिभिजन कार्यालय जुम्लाका अनुसार साउन महिनमा मात्रै कर्णाली राजमार्गका करिब एक दर्जन बढी स्थानमा पहिरो गएको छ । सडक डिभिजन कार्यालय जुम्लाका निमित्त प्रमुख चेतन कुमार मण्डलले राजमार्गमा निरन्तर पहिरो आइरहेको बताए । वर्षायाम शुरु भएदेखि नै सडकखण्डका विभिन्न स्थानमा पहिरो गइहेको उनले बताए ।

कर्णाली राजमार्ग अन्तर्गत मोल्फा र चौखोलामा ठूलो पहिरो गएको छ । सडक सुचारु गर्न गाल्जेबाट स्काभेटर पठाउने तयारी भइरहेको छ । सडक डिभिजनले जारी गरेको सूचनाअनुसार कालीकोटको पिलि (कल्यान खोला)मा अवरुद्ध भएको सडक एकतर्फीरुपमा सञ्चालन भइसकेको छ भने कालीकोटको चौखोला र मोल्फामासमेत पहिरोले सडक अवरुद्ध भएको छ ।

सडक डिभिजनका अनुसार कालीकोटको चौखोला र मोल्फामा पनि पहिरोका कारण सडक अवरुद्ध भएको छ । उक्त स्थानमा सडक सुचारु गर्नका लागि काम भइरहेको का‍र्यालयले जानकारी दिएको छ । साउन महिनामा जुम्ला र कालीकोट खण्डको विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण कालीकोटको राँचुली, मोल्फा र फुर्के साँझमा पहिरोले गर्दा बाटो अवरुद्ध भएको थियो ।

यसैगरी अविरल वर्षाका कारण सुर्खेत जुम्ला सडकखण्डअन्तर्गतको गगने खोला र कालेखोला कालीकोटमा पनि पहिरोले बाटो अवरुद्ध भएको थियो । तर उक्त सडकखण्ड हाल सञ्चालनमा आइसकेको छ । 

राजमार्गमा निरन्तर पहिरो गएका कारण यात्रुहरुलाई यात्रा गर्न नै समस्या भइरहेको छ । तर राजमार्ग मर्मत तथा समस्या समाधानका लागि जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय प्रशासनले चासो नदेखाएको स्थानीयहरु बताउँछन् ।

नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतका अनुसार सडकको विषयमा साउन महिनाभर छलफल तथा बैठक नराख्दा पूर्वतयारीका विषयमा जानकारी नभएको बताए । प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले सडकमा निरन्तर पहिरो गएपनि पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने गरिएको बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise