२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

हिमाको रुपी छहरा पहिचान गर्न पुग्यो प्राविधिक टोली

ADV
दिलमाया शाही
२०८१ साउन २९ गते १३:०४
हिमाको रुपी छहरा पहिचान गर्न पुग्यो प्राविधिक टोली

जुम्ला : हिमा गाउँपालिका वडा नम्बर ५ मा रहेको रुपी छहरामा प्राविधिक टोली पुगेको छ । गुमनाम रहेको रुपी छहराको पहिचन गर्नका लागि गाउँपालिकाले प्राविधिक टोली पठाएको हो ।

गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले हिमाको पर्यटकीय सम्भावना रहेको रुपी छहरा अहिलेसम्म गुमनाममा रहेका कारण पहिचान गर्न प्राविधिक टोली खटाइएको जानकारी दिए । उनका अनुसार गाउँपालिकाका भौतिक पूर्वाधार शाखा प्रमुख इन्जिनियर तोरुण खड्काको नेतृत्वमा १२ जना प्राविधिक र स्थानीय त्यस क्षेत्रमा गएर फर्किएका हुन् ।

त्यहाँ पुगेको टोलीले छहराको अवस्थाको अवलोकन गरेको छ । टोलीले नाग्म गमगडी राजमार्गअन्तर्गत हरियाल्लादेखि रुपी छहरासम्मको पैदल दुरी, पर्यटकीय पदमार्गको सभ्भावमा, समस्या, चुनौती र समस्या सामाधानका उपायहरुको विषयमा अध्यायन गरेको छ  । टोलीले एक हप्ताभित्र प्रारम्भिक प्रतिवेदन गाउँपालिकालाई बुझाउने छ ।

हिमा गाउँपालिकाको स्थायी केन्द्र वडा नम्बर ५ बाजागाडाबाट करिब ४ घण्टाको पैदल यात्रापछि रुपी छहरा पुगिन्छ । गाउँपालिकाले यसअघि रुपी छहाराको प्रचारका लागि नेपाल पत्रकार महासंघसहित स्थानीय बुद्धिजीबीको सुझाव संकलन गरेको थियो । गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा समेत रुपी छहराको पहिचान गरी आवश्यक पूर्वाधार निर्माण गरिने समावेश गरिएको छ ।

छहराको वास्तविक अवस्थाका विषयमा बुझ्न पहिलो पटक सरकारी स्तरको प्राविधिक टोली पठाइएको हो । सो क्षेत्रमा यसअघि प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढासहितको टोली पनि पुगेर फर्किएको थियो । गाउँपालिका अध्यक्ष शाहीका अनुसार प्राविधिकहरुको प्रतिवेदनपछि सरोकारवालाहरुको टिम पुग्ने योजना रहेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise