२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

२५ म्यानपावर कम्पनीलाई कारबाही गर्न विभागलाई मन्त्रालयको निर्देशन

Nada
२०८३ भदौ १० गते ०६:१५
Shares
२५ म्यानपावर कम्पनीलाई कारबाही गर्न विभागलाई मन्त्रालयको निर्देशन

काठमाडौं : युवा, श्रम तथा रोजगार मन्त्रालयले मलेसियाको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टम (एफडब्लुसिएमएस)मा आबद्ध २५ म्यानपावर कम्पनीलाई कारबाही गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ । २५ मध्ये १५ व्यवसायीले ‘सिन्डिकेट’ छाड्ने प्रतिबद्धता जनाइसकेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हिराबहादुर डाँगी (हरि)ले विभागले कुन खालको कारबाही गर्ने हो त्यो भने स्पष्ट भइनसकेको बताए ।

ncell

संघका अध्यक्ष डिकबहादुर खत्री ‘कुमार’ले विभागलाई सचेत गराउने, काम कारबाही रोक्का राख्नेदेखि इजाजतपत्र खारेजीसम्मको अधिकार रहेकाले मन्त्रीस्तरीय निर्णयले सबै अधिकार प्रयोग गर्न विभागलाई बाटो खुला भएको बताए ।

महासचिव डाँगीले जारी गरेको विज्ञप्तिमा श्रम मन्त्रालयबाट ती २५ वटा म्यानपावर एजेन्सीमाथि आवश्यक कारबाहीका लागि विभाग र उक्त विषयमा आकर्षित हुने सम्बन्धित सबै निकायमा सिफारिस गर्ने मन्त्रीस्तरीय निर्णय भएको र बुधबारदेखि नै कारबाहीको प्रक्रिया सुरु हुने भन्दै मन्त्रालयको नेतृत्वलाई धन्यवाद व्यक्त गरिएको छ ।

बुधबार नै नेपाल सरकारले इजाजत दिएका सबै इजाजतपत्र प्राप्त संस्थाको समान हक रहेकाले सबैलाई समावेश गरी यथास्थितिमा श्रमिक भर्ना प्रक्रिया अगाडि बढाउन कूटनीतिक नोट पठाउने मन्त्रालयको तयारी रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

ताजा खबर

सम्बन्धित खबर