काठमाडौं : शाइन रेसुंगा डेभलपमेन्ट बैंकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबटा सेयरधनीहरुलाई १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कायम चुक्ता पूँजीको १३.३ प्रतिशत बोनस शेयर र ०.७ प्रतिशत नगद गरी कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकको चुक्ता पूँजी ३ अर्ब ७८ करोड १० लाख ९ हजार रुपैयाँ रहेको छ । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले पारित गरेपश्चात् शेयरधनीहरुले प्राप्त गर्नेछन् । यस अघि अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा बैंकले १०.९३ प्रतिशत बोनस शेयर र ०.५७ प्रतिशत नगद गरी कूल ११.५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७६/७७ मा बैंकले १३ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies