२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

बाढीपीडितहरूको सहयोगका लागि व्यवसायीहरू जुट्दै

Nada
२०८३ भदौ ११ गते ०६:१५
Shares
बाढीपीडितहरूको सहयोगका लागि व्यवसायीहरू जुट्दै

काठमाडौं : भोटेकोशीमा आएको बाढीबाट पीडितहरूको सहयोगका लागि नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र अन्य संघसंस्थाले सक्रियता देखाएका छन् ।

ncell

संघसहित नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चलगायतका संघसंस्थाले अप्रत्याशित रूपमा आएको बाढीले अपूरणीय क्षति पुर्‍याएको भन्दै बाढी प्रभावितको उद्धार र पुनर्निर्माणका लागि केन्द्रित हुने बताएका छन् ।

संघले नागरिकमाथि विपद् पर्दा देशको जिम्मेवार निजी क्षेत्रका रूपमा प्रभावित नागरिकको साथमा उभिनु संघको सामाजिक उत्तरदायित्व र साझा दायित्व भन्दै विपद्को घडीमा संघ तथा संघमा आबद्ध सम्पूर्ण व्यवसायीहरू प्रभावित नागरिकको साथमा रहेको बताएको छ ।

नेपाल सरकारको नीति, निर्देशन तथा सम्बन्धित निकायसँगको आवश्यक समन्वयमा एकद्वार प्रणालीमार्फत राहत, उद्धार तथा आवश्यक आर्थिक एवं मानवीय सहयोगमा सहभागी हुने संघले बताएको छ ।

ताजा खबर

सम्बन्धित खबर