
काठमाडौं : रसुवाको भोटेकोशीमा आएको बाढीबाट पीडितहरूको सहयोगका लागि विज्ञान एचआर म्यानेजमेन्ट प्रा.लि.ले ५१ हजार १ सय ११ रुपैयाँ प्रदान गरेको छ ।
काठमाडौंको चप्पलकारखानास्थित विज्ञान एचआर म्यानेजमेन्टले बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गरेको हो ।
उक्त कम्पनीका डाइरेक्टर वसन्त लामाले दैवी विपत्ति, प्राकृतिक प्रकोप तथा महामारीको अवस्थामा कम्पनीको सामाजिक उत्तरदायित्वअन्तर्गत योगदान गर्दै आएको बताए ।
विनाशकारी बाढीबाट ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै उक्त कम्पनीले विपत्तिको यस कठिन परिस्थितिमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली एवं विश्व समुदायलाई मानवीय सहयोगका लागि अग्रसर हुन आह्वान गरेको छ ।