२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

विनाशकारी बाढीमा आफ्ना ५५ नागरिक बेपत्ता भएपछि मलेसियामा ठुलो चिन्ता

Nada
२०८३ भदौ १४ गते ०६:१५
Shares
विनाशकारी बाढीमा आफ्ना ५५ नागरिक बेपत्ता भएपछि मलेसियामा ठुलो चिन्ता

क्वालालम्पुर : ठुलो संख्यामा नेपाली श्रमिक कार्यरत मलेसियाका ५५ नागरिक नेपाल–चीन सीमामा आएको विनाशकारी बाढीमा बेपत्ता भएपछि ठुलो चिन्ता छाएको छ । बेपत्ता मलेसियाली परिवारका सदस्य र यहाँका राजा सुल्तान इब्राहिमले उनीहरूको सकुशल स्वदेश फर्काइका लागि प्रार्थना गर्दै प्रतीक्षामा छन् । बेपत्ता हुनेहरूमा कतिपय नेपाली श्रमिकका रोजगारदातासमेत हुनसक्ने आकलन गरिएको छ ।

ncell

६७ वर्षीया जमलिया तेंकु इस्माइलका ८६ वर्षीय पति मोहम्मद नासिर अब्दुल तालिबसँग बुधबार बिहान लगभग साढे ३ बजे अन्तिम सम्पर्क भएको थियो । शनिबार क्वालालम्पुरमा ४९ बेपत्ता मलेसियालीका परिवारले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भनिन्, ‘म साँच्चै आशा गर्छु कि उनी कम्तीमा भेटिनेछन् ।’

मलेसियाली पेशेवर पदयात्री मोहम्मद फखरुल मुनिर मोहम्मद इसाकासँगै नेपाल आएका थिए । बेपत्ता रहेका अर्का अधिकारी अग्नि तथा उद्धार विभागका वरिष्ठ अधिकारी मोहम्मद सानी हारुल छन् । कतिपय मलेसियाली भोटेकोशी क्षेत्रको दोस्रो पटकको यात्रामा थिए । अधिकांश मलेसियालीले नेपाल–चीन अध्यागमन भवनबाट आफ्नो परिवारलाई भ्रमण, भौगोलिक अवस्था, थकान र आगामी यात्राबारे अद्यावधिक गराएका थिए । त्यो नै परिवारसँगको अन्तिम कुराकानी थियो ।

बुधबार बिहान भोटेकोशीमा आएको बाढीपछि उनीहरू सम्पर्कमा छैनन् । आफन्तहरूले नेपालस्थित मलेसियाली दूतावासमा आफन्तबारे जानकारी लिन तारन्तार टेलिफोन गरिरहेका छन् । तर सकारात्मक जवाफ पाउन सकेका छैनन् ।

मलेसियाका राजा सुल्तान इब्राहिम र प्रधानमन्त्री अनवर इब्राहिमले उद्धारका लागि आवश्यक कदम चाल्न निर्देशन दिएका छन् । काठमाडौंस्थित मलेसियाली दूतावासले नेपाली अधिकारीसँग समन्वय गर्दै हवाई तथा स्थलमार्गबाट खोजी तथा उद्धार प्रयास जारी राखेको बताएको छ । हालसम्म कुनै मलेसियाली नागरिकको मृत्यु वा घाइते भएको पुष्टि भएको छैन ।

ताजा खबर

सम्बन्धित खबर