२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

लोकतान्त्रिक एसोसिएसनद्वारा ५ सदस्य निष्कासित

Nada
२०८३ भदौ १४ गते ०६:२०
Shares
लोकतान्त्रिक एसोसिएसनद्वारा ५ सदस्य निष्कासित

काठमाडौं : नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले ५ जना सदस्यलाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन तथा निष्कासन गरेको छ ।

ncell

मलेसियाको एफडब्लुसिएमएसमा नाम रजिस्टर्ड भएको सार्वजनिक भएपछि गत भदौ ९ गते २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न माग गरिएकोमा तोकिएको समयभित्र स्पष्टीकरण प्राप्त हुन नआएको भन्दै एसोसिएसनले ५ जना सदस्यलाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन तथा निष्कासन गरेको हो ।

एसोसिएसनले संस्थाको विधान तथा प्रचलित कानुनी व्यवस्था, विषयको गम्भीरता, संस्थाको उद्देश्य, व्यवसायीहरूको पेशागत स्वतन्त्रता तथा संस्थाको मर्यादालाई मध्यनजर गर्दै एसोसिएसनको विधान २०६३ को दफा ८, ९ र १४ बमोजिम निलकुमारी घले, मोहम्मद जुनेद, जुबेर खान, किशोरकुमार हमाल शर्मा र सुरज केसीलाई संस्थाबाट साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरिएको जनाएको छ ।

यसअघि प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले पनि तोकिएको समयमै स्पष्टीकरण पेस नगरी मञ्चको निर्णय अवज्ञा गरेको भन्दै एसिया लिंक सर्भिसेस प्रा.लि.का सञ्चालक मिलन कट्टेल, द रिभर ओभरसिज प्रा.लि.का सञ्चालक रघुनाथ पुरी र ट्रस्ट नेपाल ओभरसिज प्रा.लि.का सञ्चालक रविन गुरुङलाई कारबाही गरेको थियो ।

ताजा खबर

सम्बन्धित खबर