काठमाडौंः स्रोत नखुलेको रु १३ लाख ८९ हजार नगदसहित भारतीय नागरिक पक्राउ परेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा खटिएको प्रहरीको टोलीले आइतबार बुद्ध एयरको विमानबाट काठमाडौंदेखि विराटनगर जान लागेका भारतीय नागरिक अकवाल अलीलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो ।
पक्राउ परेका अलीसँग रु एक हजार दरका चार सय ८४ थान र रु पाँच सय दरका एक हजार आठ सय १० थान गरी जम्मा १३ लाख ८९ हजार रकम बरामद गरेको छ । आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies