२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

युएईबाट नेपाल गएर व्यवसायी पुडासैनीले गरे ५१ लाख ५१ हजार १ सय ११ रुपैयाँ सहयोग

Nada
निशान्त पाठक
२०८३ भदौ १६ गते १२:१४
Shares
युएईबाट नेपाल गएर व्यवसायी पुडासैनीले गरे ५१ लाख ५१ हजार १ सय ११ रुपैयाँ सहयोग

दुबई, युएई : भोटेकोशी बाढीपीडितका लागि प्रवासमा रहेका नेपाली व्यवसायी विष्णुप्रसाद पुडासैनीले प्रधानमन्त्री राहत कोषमा ५१ लाख ५१ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् ।

ncell

मातृभूमिप्रतिको आफ्नो दायित्व र देशप्रेम प्रस्तुत गर्दै पुडासैनीले नेपाल गएर आफ्ना बाबु गोपी पुडासैनीका साथमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

हेटौंडामा सामान्य मजदुरी गर्दै परदेशिएका पुडासैनी अहिले संयुक्त अरब इमिरेट्स (युएई)मा सफल व्यवसायीका रूपमा स्थापित छन् । निरन्तरको मिहिनेत, लगनशीलता र दूरदर्शी सोचका कारण उनी हाइड्रोजेट टेक्निकल सर्भिसेस एन्ड कन्ट्र्याक्टिङ एलएलसीका सफल सञ्चालक बनेका हुन् ।

‘यतिबेला नेपाली मन रोएको छ’, व्यवसायी पुडासैनीले भने, ‘यो अपुरणीय क्षति हो । जस्ले जति सकिन्छ सहयोग गरौं र सानै भएपनि मल्हम पट्टी लगाउने कार्य गरौं ।’

uae

सम्बन्धित खबर