२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

बाढीपीडितलाई जापानबाट व्यवसायी टिका श्रेष्ठको आर्थिक सहयोग

Nada
पूर्ण चलाउने
२०८३ भदौ १७ गते १७:०५
Shares
बाढीपीडितलाई जापानबाट व्यवसायी टिका श्रेष्ठको आर्थिक सहयोग

टोकियो : जापानमा व्यवसाय गरिरहेका व्यवसायी टिका श्रेष्ठले भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि २१ लाख जापानी येन सहयोग गरेका छन् ।

ncell

श्रेष्ठ जापानमा खाद्य तथा पेय पदार्थको बिक्री बितरण गर्दै आइरहेको पूर्ण ट्रेडिङ कम्पनिका कार्यकारी प्रमुख हुन् ।

श्रेष्ठले उक्त रकम येहे रेमिट्यान्समार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको आधिकारिक बैंक खातामा जम्मा गरेको जनाएका छन् ।

श्रेष्ठको कम्पनी पूर्ण ट्रेडिङ जापानले एक विज्ञप्ति जारी गर्दै  विपद्‍मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना पनि व्यक्त गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित तथा विस्थापित परिवारप्रति सहानुभूति प्रकट गरेको छ ।

कम्पनीले विपद्को समयमा उद्धार तथा राहत कार्यमा खटिएका नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय तह, सामाजिक संघसंस्था र स्वयंसेवकहरूको योगदानप्रति सम्मान व्यक्त गरेको छ ।

विपद्‍मा मानवीय सहयोगलाई निरन्तरता दिने जनाउँदै कम्पनीले विपद्को यस घडीमा सबैले आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न अनुरोध पनि गरेको छ ।

uae

सम्बन्धित खबर