काठमाडौंः विद्यार्थी नेता चेतन अयडीको हत्या आरोपमा वडाध्यक्षसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाजुराको त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्धबहादुर अयडी र अन्य दुई जना रहेका छन् ।
मंसिर ४ गते निर्वाचन सम्पन्न भइसकेपछि घरमा सुतिरहेका नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालय अध्यक्ष अयडी हत्या भएको थियो ।
प्रहरीकाअनुसार मृतकका आफन्तले हत्यामा संलग्न रहेको भन्दै वडा अध्यक्षसहित २२ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । ती मध्ये वडाध्यक्षसहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । किटानी जाहेरीको आधारमा घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका वडाध्यक्ष अएडी यसअघि पनि विवादमा तानिएका थिए । नाटेश्वरी मन्दिरमा दलित पसेको भन्दै कुटपिट गरेको अभियोगमा पक्राउ परेका उनलाई जिल्ला अदालत बाजुराले एक लाख रुपैयाँ धरौटीमा छोडेको थियो ।
मंसिर ४ गते भएको निर्वाचनमा बाजुराका विभिन्न २० भन्दा बढी स्थानमा विवाद उत्पन्न भएको थियो । स्थगित मतगणना बिहीबारबाट शुरु भएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies