२०८२ असार ८ गते आइतवार / Jun 22 , 2025 , Sunday
२०८२ असार ८ गते आइतवार
Ads

रौतहट सीमा क्षेत्रमा तस्करहरुको ‘रजगज’

shivam cement
मनोज साह
२०८१ साउन ३२ गते २२:०७
रौतहट सीमा क्षेत्रमा तस्करहरुको ‘रजगज’

रौतहट : रौतहट सीमा क्षेत्रमा केहीदिन यता तस्करहरुको रजगज चल्न थालेको गुनासाहरु आउने गरेको छ । 

सुरक्षा संयन्त्रको निष्क्रियता तथा सहमतीमा हिजोआज सीमा क्षेत्रबाट राति व्यापक तस्करी हुने गरेको खुलेको हो । रौतहटको मठिया नाकाबाट धनराज, मिश्रिलाल र संजय नाम गरेका तस्करहरूले चिनी, मल र कपडा तस्करी गरिरहेको आरोप लागेको छ ।

ति तस्करहरुले सो नाकाबाट मोटरसाइकलमा चिनी, मल र कपडा निर्वाध रुपमा ल्याएर जिल्लाको विभिन्न बजारहरुमा पु¥याइरहेका छन् । रौतहटको बंकुल छोटी भन्सार वडा बंकुल,नरकटियाबाट व्यापक मात्रामा तस्करी फस्टाएको छ ।  रौतहटको सीमाक्षेत्रमा साना पोके तस्करदेखि ठूला संगठित तस्करहरूको सक्रियता बढेको देखिएको छ।

भारतीय सामान रौतहट छिर्ने मुख्य नाका गौर भन्सार हुँदा हुँदै जिल्लाको पश्चिमी भेगमा रहेको बंकुल बजारस्थित छोटी भन्सार बंकुलमा खटिने सशस्त्र प्रहरीका गस्ती टोली युनिटले तस्करहरूबाट मासिक रकम लिएर अवैध कारोबार सञ्चालनमा सघाइरहेको स्रोतको दाबी छ । 

सीमा वारपार हुने तस्करी नियन्त्रणको जिम्मा पाएका निकायहरूकै संलग्नता र सहयोगमा तस्करी व्यापक मात्रामा मौलाएको आरोप लाग्ने गरेको छ । 

रौतहटको मुख्य नाकाको रूपामा रहेका पाँच वटा नाका बेलबिछवा,गौर भन्सार,औरैया, रामपुर खापमा पाँच वटा बीओपी रहेका छन् । जसमध्ये गौर भन्सार,बेलबिछवा, औरैया,रामपुरखाप र बीओपी सरमुजवा लगायतका बीओपीहरुमा सशस्त्र प्रहरी निरीक्षकहरुको सरुवा र नया निरीक्षकहरु बीओपीहरुमा आउने बित्तिकै तस्करहरुसँग साटघाट गरी राति–राति र बिहान सेटिङमा संगठित रूपमा तस्करी भइरहेको स्थानीयहरु बताउँछन् । ब्यापक तस्करीकै कारण गौर भन्सार कार्यालयले कुनै पनि वर्ष विभागले दिएको राजस्व संकलनको लक्ष्य भेट्टाउन सकेको छैन ।

ADV

सम्बन्धित खबर

Advertise