२०८३ असोज ३० गते शुक्रवार / Oct 16 , 2026 , Friday
२०८३ असोज ३० गते शुक्रवार

कतारमा अवैध भिसा कारोबार गरे एक लाख रियालसम्म जरिवाना

Nada
तिलु शर्मा पौडेल
२०८३ असोज ३० गते १२:१६
Shares
कतारमा अवैध भिसा कारोबार गरे एक लाख रियालसम्म जरिवाना

दोहा, कतार : कतारको आन्तरिक मन्त्रालयले अवैध भिसा कारोबार तथा विदेशी कामदारको प्रवेश र बसोबाससम्बन्धी कानुन उल्लंघन गर्नेहरूलाई तीन वर्षसम्म कैद र एक लाख कतारी रियालसम्म जरिवाना हुन सक्ने चेतावनी दिएको छ । मन्त्रालयअन्तर्गतको खोज तथा अनुगमन विभागले बिहीबार आयोजना गरेको सेमिनारमा सन् २०१५ को कानुन नम्बर २१ का प्रावधानबारे जानकारी दिँदै यस्तो चेतावनी दिएको हो ।

ncell

विभागका हिरासत शाखा प्रमुख मेजर साउद हमाद अल्बुरैदीका अनुसार कामदार भर्ना गरेर अन्य संस्थामा काम गर्न दिने वा आफूले भर्ती नगरेका कामदारलाई काममा लगाउने कार्य कानुनविपरीत हो । यस्तो कसुरमा पहिलोपटक तीन वर्षसम्म कैद र ५० हजार रियालसम्म जरिवाना हुन सक्छ भने दोहोर्‍याएमा जरिवाना एक लाख रियालसम्म पुग्न सक्छ ।

त्यसैगरी, कामदारको आवासीय अनुमति (कतार आइडी) जारी वा नवीकरण गर्ने प्रक्रिया समयमै पूरा नगर्ने रोजगारदातालाई १० हजार रियालसम्म जरिवाना हुन सक्ने मन्त्रालयले जनाएको छ । आवासीय अनुमति समाप्त भएपछि निर्धारित समयभित्र नवीकरण प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था छ ।

मन्त्रालयले रोजगारदातालाई कामदारको आवासीय अनुमति समयमै नवीकरण गर्न, रोजगारसम्बन्धी कानुनी प्रावधान पालना गर्न र अवैध भिसा कारोबारबाट टाढा रहन आग्रह गरेको छ । कानुनी हैसियतसम्बन्धी समस्या भएका विदेशी नागरिकलाई आवश्यक प्रक्रियाका लागि सम्बन्धित निकायमा सम्पर्क गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर