२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

नागरिकलाई चाहिएको भरोसा

ADV
२०८१ भदौ ४ गते ०६:४०
नागरिकलाई चाहिएको भरोसा

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई चासोका साथ हेरिएको छ । गत २८ साउनमा राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले २० देखि ३० वर्षभित्र बच्चा जन्माउन युवाहरुलाई प्रेरित गर्नेगरी बोलेका थिए । बच्चा जन्माएर विदेश जाने अथवा अरु कुनै पेशामा लाग्न प्रधानमन्त्री ओलीले सुझाव दिएका थिए । जनसांख्यिक सन्तुलन कायम गर्न पनि चाँडै विवाह र बच्चा जन्माउनुपर्ने प्रधानमन्त्रीको तर्क थियोे । नेपालले लामो समयदेखि अवलम्बन गर्दै आएको नीतिसँग तुलना गरेर प्रधानमन्त्रीको यस्तो अपिललाई चासोका साथ हेरिएको हो । किनकि विवाहको न्यूनतम उमेर कानूनी रुपमै तोकिएको हाम्रो समाजमा ढिलो विवाह गर्ने र सानो परिवारलाई मानक बनाइदै आएको छ ।

लामो समय ‘दुई सन्तान, इश्वरको बरदान’ भन्ने विज्ञापन नै गरियो । दुई सन्तानको प्रेरणा जनसंख्या नियन्त्रणकै नीति अन्तर्गत भनिएको थियो । धेरै सन्तान हुँदा आवश्यक पालनपोषणदेखि भविष्यको चिन्ता देखाएर सन्तान थोरै जन्माउन र ढिलो विवाहलाई प्रोत्साहन गरिदै आएको थियो । ढिलो विवाह र थोरै सन्तानको नीतिले नेपालमा जनसंख्या बृद्धिदर निरन्तर घटिरहेको छ । जनगणना–२०७८ ले नेपालको कूल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको देखाउँदा बृद्धिदर ०.९२ प्रतिशतमा झरेको देखायो । जन्मदर २.१ प्रतिशत र औसत आयु ७१.३ वर्ष रहेको देखियो । १५–२४ वर्ष समूहका जनसंख्या २० प्रतिशत र १० प्रतिशत जनसंख्या ६० वर्ष भन्दा माथिका रहेको पनि देखियो । 

यसपछि भने नेपालका नीति निर्माता र नेतृत्व झस्किएको छ । किनकि जनगणना–२०७८ को प्रतिवेदनकै प्रवृत्ति कायम रहने हो भने नेपालको जनसंख्याको सन्तुलन बिग्रनेछ । एउटा समय पुग्दा देशमा बृद्धहरुको बहुलता हुनेछ भने जन्मदर निरन्तर घट्दै जाँदा जनसंख्या घटेर जानेछ । अर्थात् देशले अत्याधिक जनसंख्या बृद्धिदरको पीर गर्दागर्दै न्यून जनसंख्याको संकट खेप्नुपर्ने अवस्था आउँदैछ । यही समस्या देखेर प्रधानमन्त्रीले चाँडो विवाह गर्न र सन्तान जन्माउन प्रेरणा दिनेगरी सार्वजनिक मन्तव्य दिएको हुनुपर्छ । तर सार्वजनिक मन्तव्यले मात्र विवाह र जन्मदरमा परिवर्तन आउँदैन । त्यसका निम्ति आवश्यक परिस्थिति सृजना गरिनुपर्छ । अहिलेकै जस्तो रोजगारको समस्या हुने, राज्यसँग नागरिकले विश्वास बढाउन नसक्ने र आधारभूत आवश्यकताको अभाव रहँदा जनसंख्या घट्ने क्रम रोकिदैन । युवाहरुले देश छोडिरहनेछन् भने ढिलो विवाह र जन्मदर घटिरहनेछ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise