२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

चन्दननाथले राख्यो १४ नगर प्रहरी

ADV
दिलमाया शाही
२०८१ भदौ ४ गते १३:१२
चन्दननाथले राख्यो १४ नगर प्रहरी

जुम्ला : जुम्लाको चन्दननाथ नगरपालिकाले १४ जना नगर प्रहरी राखेको छ । नगर प्रहरी सहायक निरीक्षक जंगबहादुर बुढासहित १४ जना नगर प्रहरी राखिएको नगरपालिकाले जानकारी दिएको छ । नगरपालिकाले सशस्त्र प्रहरी बल नं ३३ त्रिपुरा गण जुम्लालाई नगर प्रहरीको आधारभूत तालिम सम्पन्न गर्न जिम्म दिएको थियो । मंगलबार अन्तिम दीक्षान्त समारोहमा १४ जना नगर प्रहरी औपचारिकरुपमा भर्ना गरिएको नगरपालिकाको भनाइ छ ।

सो अवसरमा नगर उपप्रमुख रामदेवी खड्का, प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे, सशस्त्र प्रहरी उपरीक्षक लालबहादुर शाही, नेपाली सेनाका प्रमुख सेनानी लक्ष्मी गौतमले नगर प्रहरीलाई दर्ज्यानी चिह्न प्रदान गरेका थिए । चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेबाट नगरप्रहरीलाई शपथ ग्रहण गराइएको थियो ।

नगर प्रहरीहरुमा सहायक निरीक्षक जंगबहादुर बुढासहित नगरप्रहरी जवानहरु हर्ष बुढ्थापा,  हर्क कुलाला, भैरव सिंह रावल, अनिता सुनार, महेन्द्र बिष्ट, रामबहादुर गुरुङ, लिलामनि न्यौपाने, सुनिता हमाल (खत्री), दिपेश न्यौपाने, शक्ति सुनार, धिरेन्द्रनाथ योगी, पुष्पा भण्डारी र सरस्वती जिसी रहेका छन् । उनीहरु सबै चन्दननाथ नगरपालिकाका बासिन्दा रहेका छन् ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले नगर प्रहरीलाई नियम कानूनअनुसार काम गर्न आग्रह गरे । उनले नगर प्रहरी नगरपालिकाको जनशक्ति भएको बताए ।

सशस्त्र प्रहरी नं ३३ त्रिपुरा गण जुम्लाका प्रमुख लालबहादुर शाहीले एक महिने आधारभूत तालिमबाट १० पुरुष र ४ जना महिला गरी १४ जना छनोट गरिएको बताउँदै तालिम अवधिमा सहयोग गर्ने सबैलाई अभार व्यक्त गरे ।

नगरपालिकाकी उपप्रमुख रामदेवी खड्काले नगरपालिकाको विकास र समृद्धिमा नगर प्रहरीको महत्वपूर्ण दायित्व रहने बताइन् । उनले नगर प्रहरीलाई नगरको नीति नियमअनुसार काम गर्न आग्रह गरिन् ।

नगर प्रहरीले नगरमा शान्ति सुरक्षा दिने, कानूनको कार्यान्वयत गराउने, सार्वजनिक सेवा प्रवाहमा सहजता ल्याउने, फोहोरमैला व्यवस्थापन, राजस्व संकलन, बजार व्यवस्थापन, सार्वजनिक सम्पतिको सुरक्षा, नगर र वडा कार्यालय माताहातका कार्यालयको सुरक्षा, विपद् व्यवस्थापान, हाट बजारलगायतका कामहरुको व्यवस्थापन गर्ने नगरपालिकाले बताएको छ ।


 

ADVADV

सम्बन्धित खबर

Advertise