२०८१ चैत २० गते बुधवार / Apr 02 , 2025 , Wednesday
२०८१ चैत २० गते बुधवार
Ads

उत्खनन गरिरहेका एक्जाभेटर र ट्याक्टरमाथि तोडफोड

draupadi film
सत्येन्द्र प्रताप सिंह
२०८१ जेठ २७ गते २२:२९
उत्खनन गरिरहेका एक्जाभेटर र ट्याक्टरमाथि तोडफोड

रौतहट : निर्वाचित वडाध्यक्षसहितका स्थानीयहरुले वृन्दावन नगरपालिकास्थित वागमती नदीबाट नदीजन्य पदार्थ उत्खनन गरिरहेका एक्जाभेटर र ट्याक्टरमा तोडफोड गरेका छन् ।

आइतबार वडा नम्वर २ का वडाध्यक्ष सिकिन्द्र पटेल र वडा नम्वर ४ का अध्यक्ष श्याम यादवले स्थानीय बासिन्दाहरुलाई उचालेर बागमती नदीमा उत्खनन गरिरहेका एक्जाभेटरमाथि आक्रमण गर्दै तोडफोड गरेर क्षति पुर्‍याएका हुन् । उनीहरुले एक्जाभेटरको इन्जिनभित्र बालुवा समेत हालेको  आरोप लागेको छ । 

उक्त स्थानमा उत्खनन भएका बालुवा गिटी लोड गर्न खडा रहेका तीन वटा ट्याक्टरमा क्षति पुर्‍याउँदै दुई वटा ट्याक्टरको साँचो खोसेर भागेको बताइएको छ । 

प्रतिउत्तरमा स्थानीय बासिन्दाहरुले एक्जाभेटरमाथि तोडफोड गर्नेहरुलाई लखेटेर वागमती नदी पारी सर्लाही पुर्‍याएका थिए । 

आक्रोशित रहेका अर्को पक्षले बलेरीखोरमा वडाध्यक्ष श्याम यादवले सञ्चालन गरेको राँगा, भैंसी फर्ममा समेत आगजनी गरिदिएका छन् । 

किन यस्तो अवस्था आयो वृन्दावनमा ?

वृन्दावन नगरपालिकाले गत असोज महिनादेखि तीन पटक नदीजन्य पदार्थको उत्खननको लागि बोलपत्र आह्वान गरेको थियो । उक्त बोलपत्र आह्वान गर्दा कुनैपनि बोलपत्र दर्ता नभएपछि बोलपत्रलाई रिभाइज गर्नुपर्ने मुल समस्या आएपछि प्रमुख प्रशासकीय अधिकृतको निरन्तर सरुवाबाट काम हुन पाएन । यता नगरपालिकाको आन्तरिक आयश्रोत समेत खेर गइरहँदा जेठ ५ गते नगरपालिकाले अमानतमा उठाउने निर्णय गर्दै स्थानीय व्यवसायीलाई २० दिनको लागि २८ लाखमा ठेक्का लगाएपछि लडाइँ शुरु भएको हो । 

वडा नम्वर २ र ४ का वडाध्यक्ष गिटीबालुवाको कारोवारी रहेको तर तीनले ठेक्का नपाउँदा यस्तो लफडा शुरु गराएका हुन् । सोही क्रममा मेयर विनोद प्रसाद कुर्मीको सवारीसाधन माथि समेत आक्रमण गरियो । अवस्थालाई सामान्य पार्न पटक–पटक उक्त स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिँदा समेत समस्या यस्तै रहेको छ । 

नगरप्रमुख कुर्मीले कांग्रेस र माओवादीहरुले यहाँको विकास निर्माणमा पूर्ण रुपमा बाधक बनेको गम्भीर आरोप लगाउँदै भने, ‘पाँच वर्षसम्म अरु कसरी यहाँको मेयर बन्छ, आउनुस्,बस्नुस्, मिलेर छलफल गरेर समस्या समाधान गरौं ।’

ADV

सम्बन्धित खबर

Advertise