२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

परिवर्तन गाउँपालिकाको वार्षिक समीक्षा सम्पन्न

ADV
सुर्य प्रकाश बुढा मगर
२०८१ भदौ ६ गते २१:२७
परिवर्तन गाउँपालिकाको वार्षिक समीक्षा सम्पन्न

रोल्पा : परिवर्तन गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक समीक्षा सम्पन्न गरेको छ । गाउँपालिकाको आयोजनामा गाउँपालिकाको बहुउद्देश्यीय सभाहल पुतलाचौरमा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको हो ।  

परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरको अध्यक्षतामा भएको कार्यक्रममा परिवर्तन गाउँपालिकाका उपाध्यक्ष कलादेवी खत्रेनी,परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम जि.एम, परिवर्तन गाउँपालिका –३ का वडाध्यक्ष खीम विक्रम चन्द, ४ का वडाध्यक्ष मानसिङ बुढा, ५ का वडाध्यक्ष दिल बहादुर वली, ६ का वडाध्यक्ष भरत कुमार बुढा लगायत परिवर्तन गाउँकार्यपालिका सदस्यहरु,वडा सदस्यहरु, परिवर्तन गाउँपालिकाका विभिन्न शाखामा कार्यरत प्रमुखहरु,कर्मचारीहरु र परिवर्तन गाउँपालिकाभित्रका वडा सचिवहरु लगायतको सहभागिता रहेको थियोे । 

गाउँपालिकाका मगरले एक व्यक्ति मात्र राम्रो काम गर्छु भनेर नहुने र जनप्रतिनिधि र कर्मचारीबीच राम्रो सहकार्य भएमात्र सफलता प्राप्त गर्न सकिने बताए । 

साथै विषयगत शाखाका प्रमुख तथा वडा सचिवहरुलाई राम्रो समीक्षा गर्न सफल भएकोमा धन्यवाद समेत व्यक्त गरे । 

प्रमुख प्रशासकीय अधिकृत प्रेम जि.एमले वार्षिक समीक्षा कार्यक्रमले योजना निर्माण, सम्पन्न र उपलब्धीको समीक्षा बताउँदै जनप्रतिनिधि र कर्मचारीबीच विश्वास बढ्ने बताए । 

परिवर्तन गाउँपालिका विभिन्न विषयगत शाखाका प्रमुखहरुले आ–आफ्नो शाखाको बारेमा जानकारी गराएका थिए । 

परिवर्तन गाउँपालिका शिक्षा शाखा प्रमुख बालाराम वलीले शिक्षा शाखाको बारेमा भएका क्रियाकलापहरुको बारेमा जानकारी गराए ।

स्वास्थ्य शाखा प्रमुख दिपक घर्ती मगरले स्वास्थ्य शाखाको बारेमा भएका क्रियाकलापको बारेमा जानकारी गराए । कृषि शाखा प्रमुख भिम कुमारी बुढा मगरले कृषि शाखाले गरेको क्रियाकलापको बारेमा जानकारी गराइन् । पशु सेवा शाखा प्रमुख विष्णु बुढा मगरले पशु सेवा शाखाले गरेको क्रियाकलापको बारेमा जानकारी गराइन् । 

परिवर्तन गाउँपालिका रोजगार सेवा केन्द्रका संयोजक अनिता भुसालले रोजगार सेवा केन्द्रले गरेका क्रियाकलापको बारेमा जानकारी गराइन् । 

महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका सहायक निरीक्षक विनिता  खड्काले  महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले गरेका क्रियाकलापको बारेमा जानकारी गराइन् । 

विपद व्यवस्थापन शाखा संयोजक विकास विक्रम आलेले विपद व्यवस्थापन शाखाले गरेका क्रियाकलापको बारेमा जानकारी गराए ।

सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख अञ्जु वलीले आफ्नो शाखाले गरेका क्रियाकलापको बारेमा जानकारी गराइन् । 

परिवर्तन गाउँपालिका उद्यम सहजकर्ता झक्कु डाँगीले उद्यम शाखाले गरेको क्रियाकलापको बारेमा जानकारी गराए । जिन्सी शाखा प्रमुख ललित बुढा मगरले जिन्सी शाखाले गरेको क्रियाकलापको बारेमा जानकारी गराए । प्रशासन तथा राजश्व शाखाका प्रमुख खकेन्द्र सुनारले आफ्नो शाखाले गरेको क्रियाकलापको बारेमा जानकारी गराए । पूर्वाधार शाखा प्रमुख खगेन्द्र बुढा मगरले आफ्नो शाखाले गरेको क्रियाकलापको बारेमा जानकारी गराए ।  योजना शाखा प्रमुख शिवराम खड्काले आफ्नो शाखाले गरेको क्रियाकलापको बारेमा जानकारी गराए ।

परिवर्तन गाउँपालिका लेखा शाखा प्रमुख हरिषचन्द्र डाँगीले लेखा शाखाले गरेको क्रियाकलापको बारेमा जानकारी गराए । 

परिवर्तन गाउँपालिकाभित्रका सचिवले समेत आ–आफ्नो वडाको प्रगति विवरण र क्रियाकलापको बारेमा जानकारी गराएका थिए ।

जसमा परिवर्तन गाउँपालिका –१ र ४ वडाका सचिव बल प्रसाद बाँठा मगरले १ र ४ वडामा भएका क्रियाकलापको बारेमा जानकारी गराए । २ का वडा सचिव रेग बहादुर डाँगीले आफ्नो वडा भित्र भएका क्रियाकलापको बारेमा जानकारी गराए । 

३ का कार्यवाहक  वडा सचिव शेर बहादुर वलीले आफ्नो वडाभित्र भएका क्रियाकलापको बारेमा जानकारी गराए । ५ का वडा सचिव नमूना बुढा मगरले आफ्नो वडा भित्र भएका क्रियाकलापको बारेमा जानकारी गराइन् । 

परिवर्तन गाउँपालिका–६ का वडा सचिव हिरामणि रोका मगरले आफ्नो वडाभित्र भएका क्रियाकलापको बारेमा जानकारी गराए । 

कार्यक्रममा परिवर्तन गाउँपालिकाका विभिन्न विषयगत शाखाका प्रमुख तथा वडा सचिवहरुको प्रस्तुतीकरणको सहजीकरण परिवर्तन गाउँपालिका सूचना प्रविधि अधिकृत जानेन्द्र कँवरले गरे भने  कार्यक्रमको सञ्चालन परिवर्तन गाउँपालिकाका प्रशासन शाखा प्रमुख ललित बुढा मगरले गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise