२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

सामाजिक कुरीतिविरुद्ध जात्रा

ADV
दिलमाया शाही
२०८१ भदौ ८ गते २२:१५
सामाजिक कुरीतिविरुद्ध जात्रा

जुम्ला : जुम्लामा सामाजिक कुरीतिविरुद्ध जात्रा प्रदर्शनी गरिएको छ । नेवारी परम्परा र संस्कृतिको रुपमा मनाउँदै आएको जुम्लाको ठूलो जात्रामा यस पटक एसिया स्कुलमा विद्यार्थीहरुले बालविवाह, बहुविवाह, छाउपडी प्रथा तथा लैङ्गिक हिंसा जस्ता सामाजिक कुरीतिविरुद्ध चेतनामुलक जात्रा प्रदर्शनी गरेका हुन् । 

एसिया इन्टरनेशनल मोडेल अंग्रेजी स्कुल जुम्लाको आयोजनामा, जिल्ला प्रहरी कार्यालय जुम्लाको  समुदायमा प्रहरी साझेदारी कार्यक्रम र जात्रासहितको समन्वयमा पहिलो पटक सचेतना कार्यक्रम सञ्चालन गरेको छ । 

जुम्लामा लागुऔषध दुव्र्यवहार बालविवाह, बहुविवाह, स्वास्थ्य, शिक्षा, लैंगिक हिंसा, बलात्कार, जबरजस्ती करणी छोराछोरी बिचको विभेद लगायतका सामाजिक कुरीतिविरुद्धको सन्देश दिइएको विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर महतले बताए ।

उनका अनुसार शुक्रबारको जात्रामा विशेषगरी पल्टन जात्रा, मिम बास्सा, खस जात्रा, एसिया स्कुलका विद्यार्थीद्वारा जनचेतनामुलक प्रदर्शन गरिएको सन्देश मुलक जात्रा लगायतका प्रदर्शन गरिएको थियो । उनले भने,‘बदलिँदो समय र मानिसहरुको मनोविज्ञान बुझ्दा, यो जात्रालाई सभ्य र भव्य तरिकाबाट सञ्चालन गर्न केही फरक र सृजनशिल बनाउन आवश्यक देखिन्छ ।’

परम्परागत र पुरानै शैलीबाट जात्रा सञ्चालन गर्दा कता–कता जात्राप्रति समुदायको चासो र आकर्षण घट्दै गइरहेको गुनासो पनि सुनिएको छ । 

जुम्लाको जात्रा व्यवसायिक गतिविधि बढाउन र आयआर्जन गर्न एक राम्रो आधार मानिने गरेको छ । उनले भने, ‘जात्राले परम्परा र संस्कृति मात्र झल्काउँदैन, जुम्लाको आन्तरिक र बाह्य पर्यटन विकास गर्न सकिने सम्भावना पनि बोकेको छ ।’

विद्यार्थीका अनुसार आर्थिक, साँस्कृतिक र पर्यटकीय विकासका लागि जात्रालाई मर्यादित, सृजनशिल, शिक्षामुखी र सकारात्मक सन्देशमुखी बनाउन  आवश्यक छ । यसको लागि सबैसँग हातेमालो गरी व्यवस्थापन गर्न सके जात्राद्वारा सामाजिक विकासमा योगदान गर्न सकिने उनीहरुको बुझाइ छ । 

जात्रामा प्रदर्शन गरिएका दृष्यहरुमध्ये जुम्लाको एक निजि विद्यालय एसिया इन्टरनेशनल मोडेल स्कुलका बालबालिकाद्वारा देखाएको जनचेतनामुलक प्रदर्शनी सकारात्मक सन्देश दिइएको  छ । 

जुम्लामा विद्यमान महिला हिंसा, बलात्कार, यौन हिंसा, लागुऔषध दुव्र्यसनी, छोरीहरुलाई पढाऔँ र समाजमा विद्यमान अवस्थामा रहेका अपराध जस्ता गतिविधिहरुप्रति लक्षित गरिएका दृष्यहरु प्रदर्शनी गरेको थियो । जुम्लाको जात्रामा देखिने प्रायः आइटमहरुमा पुरुषहरु मात्र श्रृंगारिएर सहभागी हुने गरेका छन् । यस विद्यालयले पहिलो पटक जात्रामा छोरीहरुको माध्यमबाट समाजमा महिलाहरुले पुरुषहरु भन्दा धेरै योगदान गरेका छन्  । 

धेरै योगदान गर्न सक्छन् भन्ने सन्देश दिन खोजिएको हो । समाजमा महिलाहरुमाथि भएको हिंसा, बलात्कार र विभेद जस्ता जघन्य अपराधकाविरुद्ध जनचेतना दिइ लागुऔषध दुव्र्यसनीमा लागेका बालबालिकालाई पारेको  असरबारे ध्यानाकर्षण गर्नकै लागि जात्रालाई सन्देशमुलक बनाउने प्रयास गरेका प्रधानाध्यापक महतको भनाइ छ । 

त्यस्तै जात्रा समितिका सल्लाहकार रमेश श्रेष्ठले बालबालिकालाई यसरी सामाजिक मुद्दाका सवालमा चेतना वृद्धि गर्न र समुुदायमा जनचेतना फैलाउने कार्य अहिलेको आवश्यकता  भएको बताए । 

उनले जात्रामा सहभागी हजारौंको भिडलाई सन्देश पुर्‍याउन जात्रा एक गतिलो माध्यम बनेको बताए । उनले आगामी जात्राहरुलाई सन्देशमुखी बनाउन पहल गर्ने लागि पर्ने बताए । 

त्यस्तै लामो समयदेखि बजार क्षेत्रमा स्थायी घर भएको वडा नं.५ को वडा सदस्य लक्ष्मी श्रेष्ठले जात्रामा प्रायःजसो उच्छृंखल गतिविधि  र अमर्यादित कार्यहरु रोक्नुपर्ने बताइन् । विद्यालयका बालबालिकाले दिइएको यस्तो प्रकारको सचेतनाले सकारात्मक  सन्देश दिने बताइन् । 

ADVADV

सम्बन्धित खबर

Advertise