२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

राष्ट्रिय सूचना आयोगले माग्यो गरुडा नगरपालिकासँग लिखित जवाफ

Nada
सत्येन्द्र प्रताप सिंह
२०८१ जेठ २८ गते १५:२५
Shares
राष्ट्रिय सूचना आयोगले माग्यो गरुडा नगरपालिकासँग लिखित जवाफ

रौतहट : राष्ट्रिय सूचना आयोगले रौतहटको गरुडा नगरपालिकासँग लिखित जवाफ माग गरेको छ । गरुडा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा १० (२) बमोजिम लिखित जवाफ पेश गर्न आयोगले निर्देशन दिएको हो ।

ncell

गौर नगरपालिका–२ निवासी शैलेन्द्र झाले सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ३ र ७ बमोजिम आ.व. २०७९/८० मा गरुडा नगरपालिकाको कार्यालय प्रयोजनका लागि खरिद सामग्री र गैरसरकारी संस्थालाई दिएको कार्यक्रम र अनुदान सम्बन्धमा सूचना माग गरेका थिए ।

सूचना अधिकारीसँग फागुन ३० गते सूचना माग गर्दा सूचना नदिइ सूचनाको हकसम्बन्धी ऐनलाई बेवास्ता गरेकाले सूचना अधिकारीलाई कारबाही गरी सूचना दिन चैत १९ गते प्रमुख प्रशासकीय अधिकृत मो मुस्ताक आलमसँग सूचना माग गर्दासमेत सूचना नदिएको झाले बताएका छन् ।

राष्ट्रिय सूचना आयोगमा झाले पुनरावेदन गरेपछि आयोगले नगरपालिकालाई सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा १० को उपदफा २ बमोजिम लिखित जवाफ पेश गर्न भनेको हो ।

आयोगले वैशाख ६ गते लिखित जवाफ पेश गर्न आदेश दिए पनि गरुडा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आलम अटेर गरेर बसेको बताइएको छ । सूचना नदिएको खण्डमा २५ हजार रुपैयाँसम्म जरिवाना हुने सूचनाको हकसम्बन्धी ऐनमा व्यवस्था छ ।

सम्बन्धित खबर