२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

स्वमूल्यांकनमा गरुडा नगरपालिका दोस्रो

ADV
मनोज साह
२०८१ भदौ ९ गते १९:०२
स्वमूल्यांकनमा गरुडा नगरपालिका दोस्रो

रौतहट : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आ.व.२०७९/०८० स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनको नतिजा प्रकाशन गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको स्वमूल्यांकनको नतिजामा रौतहट जिल्लाको गरुडा नगरपालिका ७१.७५ प्रतिशत अंकसहित दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ ।

रौतहटको २ गाउँपालिका र १६ नगरपालिकासहित १८ स्थानीय तह रहेको रौतहटमा गरुडा नगरपालिका आर्थिक वर्ष २०७९/०८० स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा दोस्रो स्थानमा आउन सफल भएको हो । प्रत्येक वर्ष स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमार्फत मन्त्रालयले शासकीय प्रबन्ध, संगन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वय गरी १० वटा शीर्षकमा मूल्यांकन गर्दछ । 

प्रत्येक वर्ष स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन अपलोड गर्ने कार्यमा तत्कालीन कार्यालय प्रमुख मुहम्म्द मुस्ताक अलाम र सो कार्यमा सहयोग गर्ने सम्पूर्ण शाखाका प्रमुख तथा कर्मचारीलाई धन्यवाद दिँदै आगामी दिनमा पनि कर्मचारी वर्गबाट सहयोगको अपेक्षा राखेको नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले बताए । यस्तो किसिमको नतिजाले काम गर्न अझ हौसला बढेको समेत नगर प्रमुख जयसवालले बताए ।

यसैगरी गौर नगरपालिकाले भने ८० अंक ल्याएर प्रथम स्थान हासिल गर्न सफल भएको छ । गत आर्थिक वर्षमा पनि गौर नगरपालिका प्रथम स्थान हासिल गर्न सफल भएको थियो । 

ADVADV

सम्बन्धित खबर

Advertise