२०८१ चैत २९ गते शुक्रवार / Apr 11 , 2025 , Friday
२०८१ चैत २९ गते शुक्रवार
Ads

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको समीक्षा

draupadi film
सुर्य प्रसाद भुसाल
२०८१ भदौ ११ गते २१:१६
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको समीक्षा

अर्घाखाँची : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई अर्घाखाँचीले वार्षिक प्रगति प्रतिवेदन तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । 

कार्यक्रममा कार्यालय प्रमुख बिष्णु मङग्रातिले अर्घाखाँची एकाइले खण्ड ‘क’ अन्तर्गत वार्षिक प्रतिवेदन आ.व.२०८०/०८१ मा सूचीकृत सहकारी, समूह, निजी, उद्यमी, कम्पनीको संख्या, परियोजना शुरु वर्षदेखि आ.व. २०८०/०८१ सम्मको बजेट विनियोजन र खर्चको विवरण, परियोजना शुरु वर्ष २०७३ / ०७४ देखि २०८०/०८१ सम्मको प्रगति प्रतिफल र उपलब्धिहरु, जोन तथा सुपरजोन अन्तर्गतका बालिबस्तुको उत्पादकत्वको अवस्था, निकासाको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

यस्तै आन्तरिक तथा बाह्य परियोजना शुरु वर्ष २०७३/०७४ देखि २०८०/०८१ सम्म जोन सुपरजोन अनुसार लाभान्वित वर्ग, परियोजना शुरु वर्षदेखि हालसम्म जोन सुपरजोन कार्यान्वयनबाट रोजगारी सृजना,जोन सुपरजोन अन्तर्गतका बाली माछासहितको क्षेत्र विस्तारको प्रगति विवरण लगायतको बारेमा कार्यालय प्रमुख मङग्रातिले जानकारी गराएका थिए । 

कार्यक्रममा कार्यालयको चौथो त्रैमासिक तथा वार्षिक प्रगति  आ.व. २०८०/०८१ उद्यमशिलता विकास कार्यक्रमसहितको बजेट विवरण स्वीकृत, वार्षिक तथा त्रैमासिक  विनियोजन रकम तथा खर्च विवरण, खर्च कम हुनाका कारण आ.व. २०८०/०८१ को खर्च रकमका बारेमा सरोकारवालालाई जानकारी गराइएको थियोे ।

जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्थानीय तहका प्रमुखहरु निमित्त प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरु विभिन्न सरोकार कार्यालयका प्रमुखहरु, स्थानीय तहका कृषि तथा पशु शाखाका प्रमुखहरु, अर्घाखाँची उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघका प्रमुखहरु तथा सम्बन्धी कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेको गोष्ठीको सञ्चालन कम्प्युटर अप्रेटर भगवता चौहानले गरेका थिए । 

ADV

सम्बन्धित खबर

Advertise